३ माघ २०७९, मंगलवार २३:१०
चितवन माध्यमिक विधालयले आफ्नो ६९ औ वार्षिकोत्सब मनाएको छ । भरतपुरको मुटुमा रहेको सामुदायिक विधालयले मङगलबार अभिभावक दिवस एवं वार्षिकोत्सब मनाएको हो । वार्षिकोत्सबको उद्घाटन पुर्व मन्त्री एवं सांसद नारायण प्रकाश साउदले गर्नुभएको हो । उहाँले बिधालयको उन्नति र प्रगतिमा सधै हातेमालो गरेर अगाडि बढ्ने बताउनुभएको छ । कार्यक्रम विधालयका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । वार्षिकोत्सब कार्यक्रममा विधालयका प्राचार्यले वार्षिक प्रतिवेदन वाचन गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका राजनितिक दलका नेताहरु, जनप्रतिनिधिहरु, अन्य बिधालयका प्रअ तथा प्रतिनिधिहरु विधालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरु लगाएतको उपस्थिति रहेको लेखा समितिका सदस्य अनुज जोशीले जानकारी दिनुभयो ।








































प्रतिकृया दिनुहोस्