आज(शनिवार) दोभान पुस्ताकालयमा भएको दशौँ साधारण सभा तथा नवौँ अधिवेशनले कालिका नमूना टोल विकास संस्थाको अध्यक्षमा दिवाकर ढकाल चयन हुनुभएको छ।ढकालको नेतृत्वमा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा कमला भण्डारी, सचिवमा मुकुन्द पौडेल र कोषाध्यक्षमा मदन घिमिरे निर्विरोध चयन भएको निवर्तमान सदस्य राजेश श्रेष्ठले जान्कारी दिनुभयो। त्यस्तै सदस्यहरुमा टिकानिधी अर्याल, खगेश्वरी कंडेल, ज्योती रेग्मी, शुस्मी पुन, फुलसरी मियाँ, गोमा भण्डारी, पवित्राकुमारी क्षेत्री, उर्मिला दवाडी र प्रकाश पौडेल चयन हुनुभएको छ। निर्वाचनपछि सपथग्रहण गर्दै अध्यक्ष दिवाकर ढकालले टोल विकास संस्थाको विकासका लागि काम र कर्तव्य सम्झेर काम गर्ने बताउनुभएको छ ।संस्थाकी सचिव कमला भण्डारीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष तोयानाथ पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सोअधिवेशनमा टोलभित्रका जेष्ठ नागरिकलाई सम्मान गर्नुको साथै २०७७\७८ र २०७८\७९ मा उत्कृष्ट अङ्क ल्याउने विधार्थीहरूलाई सम्मान गरिएको थियो। संस्थाकी अध्यक्ष यशोदा सुवेदीको अध्यक्षतामा भएको अधिवेशनमा भरतपुर महानगरपालिका वडा नम्बर १०का वडाध्यक्ष प्रमेश्वर खनाल, छिमेकी टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।








































प्रतिकृया दिनुहोस्