नेकपा माओवादी केन्द्र चितवन जिल्ला समन्वय समितिका संयोजक रामचन्द्र अधिकारीले (आरसी) ले वैशाख १० गते हुने चितवन २ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार जितनारायण श्रेष्ठको जित पक्का रहेको दाबी गर्नुभएको छ ।
बाम लोकतान्त्रिक गठबन्धनको कालिका नगरपालिकामा क्षेत्रीय कार्यलय स्थापना कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार रवि लामिछाने प्रति ईङकित गर्दै हावा हुन्डरी र फन्डावालाले लोकतन्त्र र संविधानको रक्षा गर्न नसक्ने टिप्पणी गर्नुभएको छ ।
” उहाले भन्नुभयो सास्कृतिक रुप मा विचलिन, कानुनी हिसावले किर्ते, राहदानी मुद्दा अदालतमा रहेको, राजनितिक योगदान र बिकासमा कुनै योगदान नभएको ,चितवनको भुगोलका हिसाव ले पर्यटक, विचार, योजना, निति नभएका हावा , हुन्डरी,र फन्डा वाला ले लोकतन्त्र र संविधानको झन्डा वोक्न सक्दैन त्यसैले यहि माटो मा लडवुडि गरेको राजनितिक आन्दोला मा उठेको नेता जित नारायण श्रेष्ठ लाई जिताउनुको विकल्प छैन ।”








































प्रतिकृया दिनुहोस्