३ बैशाख २०८०, आईतवार ०७:५४
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आठौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै छन्। यसअघि उनले सातौँपटक मन्त्रिमण्डल विस्तार गरे पनि अझै ६ मन्त्रालय रिक्त छन्।
आज पनि नेपाली कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्रीका रूपमा शपथ खुवाउने मात्र निश्चित छ ।
साउदलाई आज दिउँसो ३ बजे पद तथा गोपनीयतको शपथ खुवाउने तयारी छ।
गत पुस १० गते प्रधानमन्त्री नियुक्त प्रचण्डले आज साउदलाई परराष्ट्रमन्त्री बनाएपछि उनको जिम्मेवारीमा अझै ५ मन्त्रालय रहने छन्।
परराष्ट्रमन्त्रीको शपथपछि पनि प्रधानमन्त्री प्रचण्डमातहत अझै कानुन, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद र खानेपानी तथा सरसफाइ मन्त्रालय बाँकी रहने भएका हुन्।








































प्रतिकृया दिनुहोस्