नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले लोकरिझ्याइँको राजनीति गरेको बताएका छन् ।
चितवन-२ को चुनावी सभामा बोल्ने क्रममा राश्वपाको नाम नलिइकन थापाले लोकरिझ्याइँ गर्ने राजनीतिक दलको चित्रण गरे ।
लोकरिझ्याइँको राजनीतिले उत्तेजना र समाज भड्काउने कार्य गर्ने उनले बताए । ‘लोकरिझाइँको राजनीतिले २/४ दिन रमाइलो हुन्छ । रोकरिझाई राजनीतिको एउटामा मात्रै सुत्र हुन्छ । के गर्नुपर्ने हो, त्यो हुँदैन । तपाईलाई जे सुन्न मन लागेको छ , त्यही भन्दिने हो,’ थापाले भने,‘लोक रिझ्याइँबाट प्रभावित भएर सिंगो प्रणाली माथि नै प्रश्न उठ्ने अवस्था आउन दिनुभयो भने त्यसको मूल्य हामी सबैले चुकाउनुपर्दछ।’
चितवन-२ लाई परीक्षण गर्ने ठाउँ हुन नदिन उनले मतदातासँग आग्रह गरे । अरु दुई ठाउँभन्दा भिन्न परिवेशमा चितवन-२ मा उपनिर्वाचन भएको उल्लेख गर्दै थापाले भने,‘उपनिर्वाचनको दोषी संविधान होइन । ल मेकर हुनुको अर्थ ल ब्रेकर हुन पाइन्छ भन्ने होइन ।’








































प्रतिकृया दिनुहोस्