१० बैशाख २०८०, आईतवार ०९:२८
चितवन–२ बाट गठबन्धनका उम्मेदवार जितनारायण श्रेष्ठले मतदान गरेका छन । श्रेष्ठले कालिका नगरपालिका–९ को चर्तुमुखी माध्यमिक विद्यालय केन्द्रबाट विहान ७ बजे मतदान गरेका हुन ।
चितवन २ को उपनिर्वाचनमा मुख्य प्रतिस्पिर्धी मध्ये श्रेष्ठले मात्र मतदान गर्न पाएका छन ।
स्वतन्त्र पाटीका उम्मेदवार रवि लामिछाने र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेको यो क्षेत्रमा मतदाता नामावालीमा नाम छैन ।
लामिछाने काठमाडौँका मतदाता हुन् भने न्यौपाने चितवन–३ का मतदाता भएकोले उनीहरुले आफूलाई मत दिन पाउँदैनन् ।








































प्रतिकृया दिनुहोस्