दाङमा नुहाउने क्रममा खोलामा डुबेर तुलसीपुर उपमहानगरपालिका–१७ का १० वर्षीय बसन्त बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। नुहाउने क्रममा बुधवार तुलसीपुर उपमहानगरपालिका– १७ बघौसीस्थित हापुरखोलामा डुबेका बालक अचेत अवस्थामा फेला परेका थिए।लगतै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइएको बालक बोहराको उपचारका क्रममा मृत्यु भएको तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।








































प्रतिकृया दिनुहोस्