गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर-८ को खानिगाउँ क्षेत्र नजिकै रेसुङ्गा वनमा शुक्रबार बेलुकीदेखि भीषण डढेलो लागिरहेको छ। डढेलो नियन्त्रणका लागि स्थानीय जनप्रनिधि, सुरक्षा कर्मी परिचालन भए पनि नियन्त्रणमा आउन सकेको छैन्।शुक्रबार बेलुकी डढेलो नियन्त्रणका लागि रेसुङ्गा नगरपालिकाको दमकलसहितको टोली पुगे पनि नियन्त्रणमा ल्याउन नसकिएको रेसुङ्गा नरगपालिका वडानम्बर ८ का वडाअध्यक्ष निरञ्जन काउछाले बताए।आज बिहानैदेखि नियन्त्रणका लागि खटिने उनले बताए। यस वर्ष जिल्लामा २ हजार १ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ।गर्मी र सुख्खा मौसम सुरु भएपछि वन डढेलो लाग्ने गरेको छ।डढेलोले रेसुङ्गा नरगपालिकाको खानिगाउँ क्षेत्र जोखिममा पारेको छ।








































प्रतिकृया दिनुहोस्