मौसम पूर्वानुमान महाशाखाको अनुसार अबको दुई/तीन दिनसम्म देशभर बदली र वर्षाको अवस्था रहने जनाएको छ।तर लगातार पानी भने पर्ने छैन। महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । ‘त्यसैले आजदेखि दुई-तीन दिनसम्म केहीबेर पानी पर्ने, रोकिने हुन्छ।लगातार झरी भने पर्दैन,’ उनले भने, ‘साथमा रेनकोट वा छाता बोकेर हिँड्दा राम्रो।’उनका अनुसार आज देशभर नै सामान्यदेखि आंशिक बदली हुने सम्भावना छ। आज दिउँसो पनि कोशी, मधेश र बागमती प्रदेश र गण्डकी प्रदेशका केही भूभागमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति पनि कोशी, बागमती पहाडी भूभागहरुमा वर्षाको सम्भावना छ । मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पनि राति पानी पर्ने सम्भावना छ।
भोलि मधेश, कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरी र भुँवरीको सम्भावना रहेको मौसमविद झाले जानकारी दिए ।‘समग्रमा भन्दा अबको दुई-तीन दिनलाई मौसमी प्रणाली सक्रिय भएर बदली र वर्षाको सम्भावना छ,’ उनले भने ।








































प्रतिकृया दिनुहोस्