पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।गएराति करिब सवा एक बजेतिर हल्लनचोकबाट गैह्राको चौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल खहरेचोकस्थित बिजुलीको पोलमा ठोक्किएको थियो। सो दुर्घटनामा मोटरसाइलको पछाडि सवार काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको मृत्यु भएको हो।दुर्घटनामा गम्भीर घाइते भएका खतिवडाको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।मोटरसाइकल चालक तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पु बस्ने १७ वर्षीय संगम बानियाँ घाइते भएका छन्।उनको टाउको र घाँटीमा चोट छ। मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय बैदामको टोलीले उद्धार गरेर घाइतेलाई अस्पताल पठाएको थियो ।








































प्रतिकृया दिनुहोस्