नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू पक्राउ पर्ने कल्पनै नगरेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण २७ वैशाखमा आफ्नै निवासबाट पक्राउ परे । उनले तत्काल आफ्नो साथमा रहेको कागजको चिट च्यातेर फालेका थिए ।
त्यही चिट जोडेर प्रहरीले उनलाई नक्कली शरणार्थी प्रकरणमा संलग्न भएको प्रमाणको रुपमा पेश गरेको छ । चिट च्यातेको र त्यसमा लेखिएको व्यहोराबारे जिल्ला अदालत काठमाडौंमा सोधिएको प्रश्नमा उनले बयानमा भनेका छन्, ‘मैले कसैलाई केही भनेको छैन । च्यातिएको कागजको टुक्रा सम्बन्धमा मलाई कुनै जानकारी भएन ।’
जिल्ला अदालतमा शुक्रबार गरेको ७ पृष्ठ लामो बयानमा पूर्वगृहमन्त्री खाँणले पटकपटक ‘यो विषय मलाई जानकारी भएन, मलाई थाहा भएन, यसबारेमा मेरो जानकारी छैन’ भनेर सबैजसो सवालको इन्कार गरेका छन् ।
खाँणनिकट एक कानून व्यवसायीका अनुसार, पक्राउ परेपछि रक्षात्मक देखिएका र तौलिएर बोलेका उनले घटना अनुसन्धानका क्रममा प्रहरीसँगको बयानमा जसरी प्रस्तुत भएका थिए, अदालतमा पनि त्यही बाटो अपनाएका छन् ।








































प्रतिकृया दिनुहोस्