२२ जेष्ठ २०८०, सोमबार १९:५०
विश्व वातावरण दिवसको अवसरमा सुईरो कार्यक्रम नारायणगढको आयोजनामा दोभान कालिका नमुना टोल विकास संस्थाको सहआयाोजनामा सुईरो कार्यक्रम सम्पन्न भएको छ ।
प्लास्टिक फोहोर होईन मोहोर हो भन्ने नाराका साथ कार्यक्रम गरिएको हो । सुईरो अन्तर्गत मुख्य रुपमा वातावरण सरसफाई गरिन्छ ।
संस्थाका अध्यक्ष दिवाकर ढकालको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा भरतपुर १० का वडाअध्यक्ष परमेश्वर खनालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा भरतपुर महानगर वातावरण शाखा अधिकृत जानुका केसी , सुईरो कार्यक्रम नारायणगढका संयोजक डिल्लीराम सापकोटा , सप्तगण्डकी टोल विकास संस्थाका डिल्लीराम श्रेष्ठ , चित्रसेन टोलका चिन्तामणी गौतम , दोभान कालिका आमा समुहका अध्यक्ष रमा सापकोटा , सल्लाकार संयोजक शशि किरण रेग्मी र तुलसी चापागाई लगाएतको उपस्थित रहेको थियो ।








































प्रतिकृया दिनुहोस्