भरतपुर महानगरपालिका वडा नं १० का अध्यक्ष परमेश्वर खनालको कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखिएको छ । ‘ग्रेटर नेपाल’को नक्सालाई वडा अध्यक्ष खनालले आफ्नो कार्यकक्षको भित्तामा राखेका हुन् ।
केहि समाय अगाडि भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको थियो । जुन बिषयको नेपालमा बिरोध भईरहेको छ ।
नेपालको ईतिहासलाई आगामि शन्ततीले जानकारी पाओस भन्ने उद्धेश्यले ग्रेटर नेपाल’को नक्सा राखिएको अध्यक्ष खनालले बताउनु भयो । उहाँले भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश गरी ‘अखण्ड भारत’को नक्सा राखेको बताउदै भविश्यमा नेपालीहरुले सो बिषयलाई नै मान्ने भएकाले सहि सुचनाका लागि ‘ग्रेटर नेपाल’को नक्सा राखिएको बताउनु भयो ।
उहाँले भन्नुभयो -“बिगतका नेपालको ईतिहास, भौगोलिक अखण्डतालाई भावी नेपालीहरुले पनि बुझ्न सकोस भन्ने उद्धेश्यले यो कार्य गरिएको हो। जुन तरिकाले भारतको नयाँ संसद भवनमा ‘अखण्ड भारत’ को नक्सा राखिएको छ, त्यसको सहि जानकारी भविश्यका नेपालीहरुलाई पनि होस भन्ने उद्धेश्यले ‘ग्रेटर नेपाल’को नक्सा राखिएको हो ।”
यस अघि काठमाण्डौंका मेयर बालेन शाहा र धरानका मेयर हर्क साम्पाङ्गले पनि ‘ग्रेटर नेपाल’को नक्सालाई आफ्नो कार्यकक्षको भित्तामा राखेका थिए।








































प्रतिकृया दिनुहोस्