नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यक्रम “संगठन निर्माण तथा बिस्तार अभियान “ को देशब्यापी रुपमा बृक्षारोपण गरेर उद्घाटन गर्ने कार्यक्रम अनुरूप आज चितवनमा पनि अभियानको उद्घाटन सम्पन्न भएको छ ।
चितवनको बि पी कोईराला मेमोरियल क्यान्सर अस्पताल परिसर भित्र सम्पन्न कार्यक्रम नेपाल समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा चितवनका अभियानका संयोजक श्री महेन्द्र कुमार श्रेस्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इंचार्ज पदम बहादुर गुरुङ , केन्द्रीय सदस्य बसुन्धरा सापकोटा , पार्टीका बागमती प्रदेश सदस्यहरू , लगायत जिल्ला पार्टीका सदस्यहरूको उपस्थिति थियो ।
बृक्षारोपण पस्चात कार्यक्रमका प्रमुख अथिति र कार्यक्रमका सभापति तथा पार्टीका जिल्ला अध्यक्ष सुरेश ढकालले अहिलेको जलवायु परिवर्तनले असर परिरहेको अवस्थामा बृक्षारोपणको महत्वको बारेमा र पार्टीले संचालन गरेको संगठन निर्माण तथा बिस्तार अभियानको बारेमा प्रकास पार्नुभएको थियो ।
साथै पार्टीले संचालन गरेको अभियानमा सक्रिय भएर लाग्न जिल्लाका पार्टीका सदस्यहरूलाई निर्देशन पनि दिनुभएको थियो ।








































प्रतिकृया दिनुहोस्