भरतपुर महानगरपालिकाले डेङ्गी रोग परीक्षणका लागि शुल्क तोकेको छ । डेङ्गीको परीक्षणमा जथाभावि रुपमा मुल्य लिन थालेपछि महानगरपालिकाले शुल्क निर्धारण गरेको हो । महानगरपालिकाले आज (बुधबार) एक विज्ञप्ती जारी गर्दै डेङ्गी परीक्षणका लागि आधिकतम मुल्य ६ सय रुपैयाँ तोकेको छ ।
जिल्लाका ल्याभहरुमा डेङ्गी परीक्षणको शुल्क एकरुपता नभएको गुनासो आएपछि शुल्क निधारण गरिएको निमिक्त प्रमुख प्रशासयिक अधिकृत तेजेन्द्र प्रसाद पौडेलले जानकारी दिए । ‘देशैभरी डेङ्गी रोग फैलिरहेको छ । यसमा महानगरपालिका समेत उच्च जोखिमा छ । तर रोग निदानका लागि गरिने परीक्षणमा एकरुपता नभएको गुनासो आएपछि सरोकारवालाहरुसंगको बैठकको निर्णय अनुसार अधिकतम दस्तुर रकम ६ सय लिन गनुरोध छ’–उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
उनले सबै स्वास्थ्य संस्थालाई लागु गर्न समेत अनुरोध गरेका छन् । डेङ्गी परीक्षण गरेको कुनै ल्याभले भरतपुरमा हजार रुपैयाँ लिने गरेका छन् ।








































प्रतिकृया दिनुहोस्