नारायणगढ मुग्लिन सडकखण्ड गएराति ८ बजेदेखि नै दुईतर्फी अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा गएको सुख्खा पहिरोले सडक अवरुद्ध भएको हो ।
पहिरो पन्छाउने काम भईरहेको र बाटो खुलाउन अझै समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।
सडक डिभिजन कार्यलय भरतपुरका अनुसार रातभर पनि पहिरो पन्छाउने काम भएको छ । अहिले पनि ३ वटा लोडर र १ वटा स्काभेटरले पहिरो पन्छाउने काम गरिरहेको कार्यलयका ईन्जिनिएर सागर कार्कीले बताउनुभयो । उहाँका अनुसार सम्भवत मध्यान्न १२ बजेसम्म सडक सुचारु हुन सक्छ ।
दश घण्टादेखि सडक अवरुद्ध हुँदा धेरै गाडी रोकिएका छन् । यात्रु बीचबाटोमै अलपत्र परेका छन् । यो सडक पहिरोका कारण पटक पटक बन्द हुँदै आएको छ । ट्राफिक प्रहरीले सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध पनि गरेको छ ।








































प्रतिकृया दिनुहोस्