१२ माघ २०७८, बुधबार २१:१२
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको चुनाव ६ महिना पछि धकेल्न सकिने बताउनुभएको छ ।आज बुधवार काठमाण्डौमा एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले तीन चरणमा भएको चुनावबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्ने भएकाले स्थानीय तहको चुनाव महिना पछि धकेल्न सकिने बताउनुभएको हो ।
जनप्रतिनिधिले आफूहरूले पूरा कार्यकाल चलाउन पाउनुपर्ने माग राखिरहेको भन्दै उनीहरूको माग अघि नै स्थानीय तहको चुनावको मिति घोषणा गर्न नमिल्ने तर्कसमेत उहाँले गर्नुभयो ।
कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्ने भनिएमा सबैको कार्यकाल पनि सकिने र पहिलो चुनावको मितिले ६ महिनाभित्र पनि पर्ने हुनाले त्यसरी नै चुनावको मिति निर्धारण गर्दा सबैलाई मिल्ने उहाँको भनाइ छ ।








































प्रतिकृया दिनुहोस्