नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले पार्टीभित्र विस्फोट हुने दाबी गर्नुभएकाे छ ।
आज बुधवार नेपाल आदिवासी जनजाती महासङ्घ (समाजवादी) को काठमाण्डाै जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी एमालेभित्र विस्फोट र विद्रोह हुने बताउनुभएको हो । उहाँले एमालेभित्र देशव्यापी रूपमा पहिरो जाने समेत जिकिर गर्नुभयाे । जनताको बहुदलीय जनवादबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेले बुझ्नुपर्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अब एमालेभित्र पहिरो जाँदैछ । उपत्यकाभित्र त एउटा पहिरो जानुपर्छ, पर्छ । एमालेले देशव्यापीरूपमा गलत कार्यदिशा लिएकाे छ । अब जबजबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेको नेतृत्वले बुझ्नुपर्छ । एमालेले आफ्ना नीतिहरूमा परिवर्तन गर्न बाध्य हुनुपर्छ । यदि परिवर्तन गर्दैन भने त्यहाँभित्र उथलपुथल हुन्छ । विभिन्न खालका विस्फोट र विद्रोह हुन सक्छन् ।’
सम्मानित नेता खनालले एमसीसी पारित भएसँगै प्रत्येक महिना अमेरिकी नेताहरू नेपाल आइरहेका भन्दै यसप्रति आशङ्का व्यक्त गर्नुभयो । अमेरिकी नेताहरू नेपाल आएर सबैभन्दा पहिले तिब्बती शरणार्थीहरूलाई भेटिरहेका उहाँले बताउनुभयो । अमेरिकीहरूको नेपालप्रतिको चासोलाई मित्रराष्ट्र चीनसँग जोडेर पनि हेर्नुपर्ने उहाँकाे भनाइ छ ।








































प्रतिकृया दिनुहोस्