२४ भाद्र २०८०, आईतवार २२:१८
एसिया कपको सुपर फोरमा वर्षका कारण रोकिएको भारत र पाकिस्तानबीचको खेल आज नहुने भएको छ । अब यो खेल भोलि सोमवार ‘रिजर्भ डे’ मा हुनेछ ।
कोलम्बोमा टस हारेर ब्याटिङ गरेको भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । वर्षाका कारण आजको खेल योभन्दा अघि बढ्न सकेन । भारतले अब भोलि आजकै अवस्थाबाट खेल अघि बढाउनेछ ।
विराट कोहली ८ र केएल राहुल १७ रन बनाएर क्रिजमा छन् यसअघि भारतका कप्तान रोहित शर्मा ५६ र शुभमन गिल ५८ रन बनाएर आउट भए ।
आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा ‘रिजर्भ डे’ राखिएको थियो । यसअघि यी दुई टोलीबीच सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो ।








































प्रतिकृया दिनुहोस्