१५ आश्विन २०८०, सोमबार १९:५९
राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) को भरतपुर महानगरको संगठन विभाग प्रमुखमा दिवाकर राज श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । बुधवार उहाँलाई प्रमुखमा मनोनयन गरेको पाटी भरतपुर महानगर समिति अध्यक्ष सिता ज्ञवालीले जानकारी दिनुभयो । रास्वपाको संगठन विस्तार सम्वन्धि कार्यविधि २०७९ अनुसार श्रेष्ठलाई मनोनयन गरेको ज्ञवालीले वताउनुभयो ।
यस्तै संगठन विभागको उपप्रमुखमा निर्मल पौडेल मनोनयन हुनुभएको छ । पौडले रास्वपाको Rapid Action Team (RAT) को महानगर प्रमुख समेत हुनुहुन्छ । रास्वपामा संगठन विभागको उपप्रमुख RAT को प्रमुख हुने व्यवस्था छ । RAT संगठन विभागको मातहत पर्दछ ।
श्रेष्ठ प्रमुख रहेको संगठनमा अन्य ५ जना सदस्यहरु पनि चयन भएका छन । जसमा सीताकुमारी पौडेल, राज लामीछाने, नरसिंग भण्डारी, अबिनास काफ्ले, गणेश बहादुर खत्री रहेका छन ।








































प्रतिकृया दिनुहोस्