नारायणगढको नारायणी नदी किनारमा चितवन रिकभरी जनचेतना सांस्कृतिक पर्यटन कृषि तथा व्यपार महोत्सव २०८० हुने भएको छ । रिकभरिङ्ग युनाइटेडको मुख्य आयोजना तथा औधोगिक शान्ति नेपाल संस्थाको आयोजनामा मंसिर ६ गते देखि १६ गतेसम्म महोत्सव लाग्नेछ ।
लागू औषध तथा मद्यपान प्रयोगकर्ताहरुको निस् शुल्क उपचार गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको रिकभरिङ्ग युनाइटेडका अध्यक्ष रविनकुमार श्रेष्ठले आज नारायणगढमा पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो ।
अभलतभ िअयििभनभ
दैनिक पाँच हजार नागरिकले अवलोकन गर्ने अपेक्षा राखिएको महोत्सवमा प्रवेश शुल्क ७० रुपैयाँ राखिएको छ । ५ वर्ष मुनिका बालबालिका, ज्येष्ठ नागरिक, अपाङ््गता भएका नागरिकलाई महोत्सव प्रवेश निःशुल्क गरिएको छ । २०० देखि २५० स्टल रहने महोत्सवमा ५७ लाख रुपैयाँ खर्च हुने अपेक्षा गरिएको छ ।
महोत्सवमा स्कुल तथा कलेजका विद्यार्थीहरुलाई सहभागी गराई लागूऔषधविरुद्धका प्रतियोगितात्मक नाटक, कविता, वादविवाद र गायन तथा नृत्य कार्यक्रमहरु पनि हुनेछन् ।
त्यस्तै, चितवनका स्थानीय कलाकारहरुको प्रस्तुति रहनुको साथै राष्ट्रिय कलाकारहरु र मोटिभेसनल स्पिकरहरुद्वारा लागूऔषधविरुद्धको जनचेतनामूलक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
लागूऔषध प्रयोगकर्ताहरुको निस्शुल्क उपचार मुख्य लक्ष्य भए पनि महोत्सवले सबै क्षेत्रका उद्योगी व्यवसायीहरुको प्रवर्द्धनका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने श्रेष्ठले जानकारी दिनुभयो ।








































प्रतिकृया दिनुहोस्