वाग्मती प्रदेशका खानेपानी , ऊर्जा तथा सिँचाई मन्त्री बसन्त प्रसाद मानन्धरलाई एक कार्यक्रमका बीच सम्मान तथा बधाई ज्ञापन गरिएको छ ।
ब्लड डोनर्स सोसाइटी नेपाल को आयोजनामा काठमाडौँ क्षेत्र नम्बर ७ क का प्रदेश सांसद समेत रहेका मन्त्री मानन्धरलाई सफल कार्यकालको शुभकामना दिँदै सम्मान तथा बधाई ज्ञापन गरिएको हो ।
संस्थाका काठामाडौं जिल्लाका अध्यक्ष राजिब श्रेष्ठको सभापतित्व र मन्त्री मानन्धरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा सभापतिको आसनबाट बोल्दै संस्थाका काठमाडौं जिल्लाका अध्यक्ष श्रेष्ठले विगतमा मन्त्री मानन्धरले त्यस क्षेत्रमा सामुदायिक भवन , क्रियापुत्री भवन , मठमन्दिर , खानेपानी , ढल , बाटो , आमा समूहको भवन निर्माण गरिदिएकोमा कृतज्ञता व्यक्त गरे । साथै विभिन्न मौलिक बाजागाजाका लागि प्रदेशबाट बजेट बिनियोजित हुने पनि मन्त्री मानन्धरले जानकारी दिए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री मानन्धरले आउने दिनहरूमा पनि समूहसँगको सहकार्यलाई निरन्तरता दिँदै आवश्यकता पहिचान गरिएका क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।








































प्रतिकृया दिनुहोस्