नारायणी फुटबल क्लवले भुकम्पमा परि ज्यान गुमाएकाहरुको सम्झनामा चितवनको नारायणी नदी किनारमा दीप प्रज्वलन गरेको छ ।
क्लवका म्यानेजर राजकुमार घिमिरेको अध्यक्षता सह-अध्यक्ष सन्देश क्षेत्री लगाएत क्लवका सदस्यहरुको उपस्थितिमा कार्यक्रम गरिएको क्लवका भएको हो ।
सो अवसरमा नारायणीमा घुम्न आएकाहरु पनि कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा क्लवका अध्यक्ष जोशीले भुकम्प जस्ता विपतको समयमा जोगिन भौतिक संरचना निर्माण गर्दा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले पिडित सामु छिटो राहतको कार्यक्रम लैजान पनि सरकारलाई आग्रह गर्नुभएको छ ।
क्लवको कार्यक्रममा मिर्ची एजुकेसन कन्सलटेन्सीले सहयोग गरेको थियो ।
शुक्रबार मध्य राती जाजरकाेटकाे रामीडाडाँ केन्द्रबिन्दु वनाएर ६.४ म्याग्निच्युटकाे भूकम्प गएको थियो ।
भुकम्पमा परि १५७ जनाको मृत्यु भएको थियो भने २५६ जना घाईते भएका थिय ।








































प्रतिकृया दिनुहोस्