नेवा पुच नारायणगढले नेपाल संवत् ११४४ मनाएको छ । सो अवसरमा नारायणगढ वरिपरि मोटरसाइकल र्याली निकालिएको थियो ।
र्याली नारायणगढ कमलनगरमा रहेको नेवा पुचको भवनदेखि पुलचोक – पोखराबसपार्क- लिलाचोक-शहिदचोक- लायन्सचोक- बेलचोक हुदै पुन आफ्नै भवन कमलनगरमा पुगेको हो । र्यालीपछि नेपाल संवतको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम भएको थियो ।
नेवा पुच नारायणगढको आयोजनामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस संघीय सांसद अन्जली श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा पुर्व प्रदेश मन्त्री मिलन बाबू श्रेष्ठ, वडा न. १ का अध्यक्ष केशव महर्जन , उधोग वाणिज्य सङघका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठ विशिष्ट आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा नेवा पुचको पुर्व अध्यक्ष लगाए समति , वर्तमान कार्यसमिति र जिल्लाका नेवार समुदायका व्यक्तिहरुको उपस्थित रहेको थियो ।
कार्यक्रमको सहजिकरण नेवा पुच नारायणगढका महासचिव प्रविणा श्रेष्ठले गर्नुभएको थियो ।








































प्रतिकृया दिनुहोस्