१ मंसिर २०८०, शुक्रबार १९:०४
चितवन, १ मंसिर
नारायणी नदीको किनारमा छठको रौनक सुरु भएको छ । छठ पर्वका लागि पण्डाल टाँगेर नदी किनार सजाइएको छ । सधैँजसो घुमघामका लागि आउने, भन्दा छुट्टै रौनक यहाँ देख्न सकिन्छ ।
तराई समुदायले मात्रै मनाउँदै आएको यो पर्बमा पहाडी समुदायको समेत आकर्षण बढ्दै गएपछि भक्तजनको चाप बढ्ने तराई सामुदायिक सेवा समितिका अध्यक्ष जयकिशोर पाण्डेले जानकारी दिनुभयो ।
तराई सामुदायिक सेवा समिति चितवनले हरेक वर्ष नारायणी नदी किनारमा छठपर्व मनाउँदै आएको छ ।
नारायणी किनारमा छठ पुजाको लागि चितवन सहित तनहुँ, धाादिङ, गोरखाबाट समेत भक्तालुहरु आउने गरेको आयोजकले बताएको छ ।
छठको दिन निराहार व्रत बसी साँझ अस्ताउँदो सूर्य र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा समापन गरिने उहाँको भनाइ छ ।








































प्रतिकृया दिनुहोस्