७ मंसिर २०८०, बिहीबार १४:४२
दुर्गा प्रसाईंका समर्थक र युवा संघबीच बल्खुमा केहीबेर झडप भएको छ। झडप पछि त्यहाँको अवस्था नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालित गरिएको छ।अहिले त्यहाँको अवस्था तनावग्रस्त नै छ। कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो। झडप नियन्त्रणमा लिनका लागि प्रहरीलाई केही समय लागेको थियो।युवा संघको टोलीलाई अवस्था नियन्त्रणमा लिएर सशस्त्र र नेपाल प्रहरीले फर्काएको छ।








































प्रतिकृया दिनुहोस्