सत्ता गठबन्धन चार दलबिच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार मध्यराति १२ बजेसम्म बसेको गठबन्धन सम्बद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबिच भएको छलफले सिट बाँफाँट करिब टुंगिएको कांग्रेस नेता रमेश लेखकले बताए । माघ ११ मा निर्वाचन हुने १९ सिटमध्ये कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सिट लिने भएका हुन् ।
बैठकमा कांग्रेसले ११, माओवादीले ७, एकीकृत समाजवादी र जसपाले ३र३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले १र१ सिट दाबी गरेका थिए ।
यद्यपि एकीकृत समाजवादी र जसपाले थप एक९एक सिटको दाबी छाडेका छैनन् । कांग्रेस र माओवादीले एक९एक सिट छाड्नुपर्ने एकीकृत समाजवादी र जसपाको अडान छ । मतभारलाई हिसाब गर्दै कांग्रेस र माओवादीले एकीकृत समाजवादी र जसपालाई थप सिट दिने अवस्था नरहेको बताइसकेको बुझिएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख–उप्रमुख मतदाता हुन्छन् । राष्ट्रिय सभाका मतदाताको अंकगणित हेर्दा सात प्रदेश मध्ये ६ वटामा कांग्रेस पहिलो छ । कोशी प्रदेशमा भने एमालेको मतभार कांग्रेसको भन्दा बढी छ । कर्णालीमा माओवादी केन्द्रको दोस्रो मतभार छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा तेस्रो मतभार छ ।
भोलि उम्मेदवारी दर्ताको समय भएकाले सबै विषय आज टुंग्याउने नेताहरुको तयारी छ ।








































प्रतिकृया दिनुहोस्