२५ पुष २०८०, बुधबार २०:४४
नेपाल रेडक्रस सोसाइटी लंकु उपशाखाले एस एण्ड पी कम्पनीका सन्चालक सुर्य श्रेेष्ठलाई सम्मान गरेको छ । लंकु उपशाखाको २६ औ वार्षिक साधरण सभा एवं अधिवेशनको अवसरमा श्रेष्ठ सम्मानित हुनुभएको हो ।
उहाँ लंकु उपशाखाको संस्थापक हो । शाखाले उहाँलाई सुरुवाती चरणमा घर घरमा पुगेर सदस्य निर्माण गरेको र संस्थामा पुर्याएको योगदान सम्झेर हेनरी ड्युनाको संज्ञा दिएको छ । ड्युना अन्तराष्ट्रिय रेडक्रसको जन्मदाता हो ।
लंकु उपशाखाले गत वर्ष नै श्रेष्ठलाई सम्मान गर्न खोजेको थियो तर विरामी भएर हस्पिटल भर्ना भएका कारण यो वर्ष सम्मान गरेको हो ।
अहिले उपशाखामा ७०० जना आजिवन सदस्य रहेका छन भने २ जना यशस्कर सदस्य रहेको सभापति सोमनाथ खरेलले जानकारी दिनुभयो ।








































प्रतिकृया दिनुहोस्