भरतपुर १० मा रहेको चितवन माध्यमिक विद्यालयले आफ्नो ७० औं वार्षिकोत्सव तथा अभिभावक दिवस आउँदो माघ ३ गते विविध कार्यक्रम गरी मनाउने भएको छ ।चितवनकै जेठो विद्यालयका रूपमा स्थापित चितवन माविले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षक, विद्यार्थी र अभिभावकसंगको त्रिकोणात्मक सम्बन्ध कायम गराउन पहल गर्दै आइरहेको बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीले बताउनुभयो ।
अँग्रेजी र नेपाली दुबै माध्यममा पढाइ हुँदै आएको सो बिद्यालयमा हालसम्म ७४८ जना विद्यार्थी अध्ययन गर्दै आइरहेका छन् । भने शिक्षक कर्मचारीहरुको संख्या अहिलेसम्म ४७ जना रहेको अधिकारीको भनाइ छ ।शुद्ध पिउने पानीको व्यवस्थापन गरिनुका साथै खाली पिरियडको व्यवस्थापन सहित पारदर्शी तरिकाले विद्यालयको नतिजा प्रस्तुत गरिदै आएको बिद्यालयका प्रधानाध्यापक चिरञ्जीवी शर्माले बताउनुभयो ।
उहाँका अनुसार, सप्ताहव्यापी हुने उत्सवमा पौष २२ गतेदेखि आजसम्म खेलकुद तथा विविध बौद्धिक कार्यक्रमहरु हुँदै आएको र भोलिदेखि २९ गतेसम्म जिल्लास्तरीय जु।रे।स। रनिङ्ग शिल्ड हाजिरीजवाफ प्रतियोगिता गरिनेछ । यसैगरी माघ २ गते खुल्ला नृत्य तथा गायन प्रतियोगिता तथा आन्तरिक पुरस्कार बितरण गरिने छ । त्यस्तै माघ ३ गते अभिभावक खेलकुद, छात्रवृत्ति बितरण र सम्मान गरिने प्रधानाध्यापक शर्माको भनाइ छ ।








































प्रतिकृया दिनुहोस्