भरतपुरको बालकुमारी कलेजमा खाना महोत्सव तथा पुरस्कार वितरण सम्पन्न भएको छ। बालकुमारी कलेजका होटल म्यानेजमेन्ट संकायका विद्यार्थीहरुको आयोजनामा आज शुक्रबार खाना महोत्सव तथा सोमबारबाट सुरु भएको ३ दिने खाना पकाउने प्रतियोगिताका विजयी टिमलाई पुरस्कार वितरण सम्पन्न भएको हो।
बालकुमारी कलेजका प्रिन्सिपल जगदिश खनालले फुड फेस्टिवल र खाना बनाउने प्रतियोगितामा विद्यार्थीहरुको सहभागिताले थप उर्जा मिलेको बताउनुभयो। उहाँले ३ दिने खाना बनाउने प्रतियोगितामा २५ ओटा विद्यालयका सहभागी टिमबाट विजयी हुने प्रतियोगितालाई शुभकामना व्यक्त गर्नुभयो। साथै उहाँले हरेक वर्ष विद्यार्थीका लागि यस्ता कार्यक्रम गरिने जानकारी दिनुभयो।
त्यस्तै बालकुमारी कलेजका म्यानेजमेन्ट संकायका प्रमुख प्रमोद कुमार श्रेष्ठले कार्यक्रम सफल हुनु नहुनुमा व्यक्तिहरूको उपस्थितिले जनाउने बताउनुभयो। उहाँले बालकुमारीमा भएको कार्यक्रमबाट विद्यार्थीहरुले आफूले जानेको कुरा सिकाउने र अरूको हेरेर सिक्ने अवसर प्राप्त गरेको बताउनुभयो।
३ दिने प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय हुने टिमलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र वितरण गरिएको छ । उक्त प्रतियोगितामा भरतपुरको इडेन गार्डेन इंग्लिश सेकेन्डरी स्कुल प्रथम, मध्यबिन्दु मल्टिपल क्याम्पस , कावसोती द्वितीय र बालकुमारी कलेज भरतपुर तृतीय भएको थियो।








































प्रतिकृया दिनुहोस्