१९ फाल्गुन २०८०, शनिबार २२:३४
सेन्ट्रल कलेज दोस्रो बखान कप फुटबल प्रतियोगिताको पहिलो खेलमा नारायणी एफसी बिजयी भएको छ ।
आजबाट सुरु भएको प्रतियोगितामा नारायणी एफसी र गैंडाकोट एफसीबिच खेल भएको थियो । निर्धारित समयमा 1-1 गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो जसमा गैडाकोट 1 गोल अन्तरले पराजित भएको हो । खेेलको म्यान अफ द म्याच नारायणीका सन्जोक पुडासैनी भएका छन ।
यसअघि खेल सुरु हुनु पुर्व भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यता एवम् भरतपुर महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष प्रकाश तामाङको सभाध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।
यसैबिच maxway education र नारायणी एफसीविच हरेक खेलमा सहकार्य गर्ने पनि सहमति भएको छ । maxway education पछिल्लो समय जापान जाने भरपर्दो माध्यम बन्दै आएको छ ।








































प्रतिकृया दिनुहोस्