पर्साको बिरगंज महानगरपालिका वडा नमबर ११ मा रहेको श्री रामजानकी मठको ७ कठ्ठा १५ धुर जग्गामा लगाइएको निषेधाज्ञा आज उच्च अदालत जनकपुरले हटाएको छ ।
स्थानिय प्रदिप कुमार रौनियारले उक्त मठको जग्गा आफ्नो भएको दाबी गर्दै गत पुस १८ गते उच्च अदालत जनकपुर अदालमा मुद्दा दर्ता गराएका थिए । मुद्दा ऊपर बहस हुँदा सम्मानित अदालतले तत्कालको लागि निषेधाज्ञा जारी गरेको थियो ।उक्त मुद्दा फाल्गुन १६ गते पर्सा जिल्ला अदालतमा प्रदिप कुमार रौनियारको तर्फबाट अदिवक्ता हरिकृष्ण अधिकारी , पन्नालाल गुप्ता र मन्दिर समितीको तर्फबाट अधिवक्ता दिनानाथ प्रसाद यादवले गर्नु भेको बहसमा मन्दिरको बिवादित साबिक किता न ३७ हाल किता न ५५ को जग्गा हकको श्रोत सम्बन्धमा सम्बन्धित निकायमा कार्वाहिको प्रकृया रहेको अवस्थाबाट निबेदकको हक बिवाद रहित हुन नसकेको इस्तिथिमा फागुन १८ मा जारी गरिएको निषेधाज्ञा लाई निरंतरता दिइरहन आवस्यक नरहेको भन्दै फागुन १८ मा जारी गरिएको निषेधाज्ञा हटाएको हो ।
पुर्खाहरुले मन्दिरको सो जग्गामा पुजा पाठ गर्दै आएको र सो जग्गा मन्दिरकै भएको भनी जगालाई प्रदिप रौनियारले किर्ते कागजात बनाइ गैरकानुनी तरिकाले भोगचलन गर्दै आएको हुनाले सोको बिरोध हुँदै जादा प्रदिप रौनियारले मन्दिर समितीका तारचन्द राउत , बिकास साह , मुन्ना सराफ , राजन रौनियार र रन्जन सिह सहित ७ जना लाई विपक्षी बनाइ उच्च अदलत जनकपुर ९ अस्थाइ इजलाश बिरगंजमा मुद्दा दर्ता गराएका थिए ।








































प्रतिकृया दिनुहोस्