२४ फाल्गुन २०८०, बिहीबार २२:००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको बेइमानीको ढाकछोप नहुने बताएका छन्।
प्रधानमन्त्री दाहालले कपोकल्पित कुरा गरेर गठबन्धन परिवर्तन गरेको बताउँदै उनले प्रधानमन्त्रीले जति ढाकछोप गरे पनि बेइमानीको ढाकछोप नहुने बताए।
बिहीवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले यो सरकार लामो समय जान्छ भन्ने कुराको कसैलाई भरोसा नभएको पनि बताए।
उनले भने, ‘उहाँले शीर छोप्न खोज्नुभयो भने पैताला देखिन् । पैताला छोप्न खोज्नुभयो भने शीर देखिन्छ, केपी शर्मा ओली स्वयम् आफूलाई पनि पुष्पकमल दाहालले अगाडि उभिएर बोलिराख्दा कुनै पनि बेला धोका दिन सक्छ भन्ने उहाँको मनमा खेलिरहेको छ भन्ने मलाइ महशुस भयो त्यहाँको हाउभाउ हेर्दाखेरी।’








































प्रतिकृया दिनुहोस्