Author: Ugin Khabar

प्रधानमन्त्री ओली आज तुर्कमिनिस्तान जाँदै

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिता हुन  प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमिनिस्तान जाँदै छन्। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति ११ः५५ बजे फ्लाई दुुबईको उडानबाट दुुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जाँन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले  शनिबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भेट गर्दै आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे अवगत […]

पूरा पढ्नुहोस्

वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो

देशका धेरै ठाउँमा गएराति पानी परेको छ । कतै मध्यम तथा केही ठाउँमा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । डोल्पाको ठूली भेरी नदी त्रिपुराकोट जलमापन केन्द्र, रुकुम पश्चिमको ठूलो भेरी नदी रिम्ना जलमापन केन्द्र तथा जाजरकोटको नलगाढ, रौलाखेत जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । यी नदी तथा […]

पूरा पढ्नुहोस्

आजको राशिफल – Today’s Horoscope

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थताले काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ। तर आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। राेकिएका काममा दोहोर्याएर प्रयत्न […]

पूरा पढ्नुहोस्

२०२५ को जुलाई महिनामा ७० हजार १ सय ९३ पर्यटक नेपाल आए

मुख्य मनसुन सिजनमा पर्यटक आगमन बढेको छ । सन् २०२५ को जुलाई महिनामा ७० हजार १ सय ९३ पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष जुलाईको तुलनामा ८.७ प्रतिशत धेरै पर्यटक आएका छन् । गत वर्ष जुलाईमा ६४ हजार ५ सय ९८ जना पर्यटक नेपाल आएको तथ्यांक छ । नेपाल पर्यटन बोर्डका अनुसार २०२५ जनवरीदेखि […]

पूरा पढ्नुहोस्

सवारी दुर्घटनामा परी एक स्कुल भ्यानमा सवार २१ जना घाइते

 झापाको मेचीनगर नगरपालिका–९ खुट्टिडाँगीस्थित भित्री सडक खण्डमा सवारी दुर्घटनामा परी एक स्कुल भ्यानमा सवार २१ जना घाइते भएका छन् । पारिजात पब्लिक स्कुलको मे १ ज ३१०७ नम्बरको भ्यान मागुरमाडीबाट पारिजात स्कुलतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो । घटनामा भ्यान चालकसहित विद्यालयका बालबालिका र शिक्षक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका […]

पूरा पढ्नुहोस्

उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण

निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि दल दर्ताको मिति निर्धारण गरेको छ । आयोगले आज सूचना जारी गरी साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ताको म्याद तोकिएको जानकारी दिएको हो । रुपन्देही क्षेत्र नम्बर ३ मा २०७९ को निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका दीपक बोहोरा […]

पूरा पढ्नुहोस्

साउन २५ भित्र कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । शैक्षिक क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा १० दिनजति ढिलाइ हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाअनुसार परीक्षा ढिलागरी भएकाले नतिजा […]

पूरा पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य घट्यो हवाई इन्धनको भने बढ्यो

 नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएको भन्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर […]

पूरा पढ्नुहोस्

बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । साथै आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान समेत छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ […]

पूरा पढ्नुहोस्

नाउपामा पूरै कार्यसमिति नयाँ बनाउने तयारी

नागरिक उन्मुक्ति पार्टी नाउपाले अध्यक्ष रन्जिता श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । काठमाडौंमा भएको पहिलो राष्ट्रिय भेलाले अध्यक्ष श्रेष्ठलाई बर्खास्त गर्ने निर्णय गरेको हो । मंगलबार निर्वाचन एवं अनुशासन आयोगले उनलाई कारबाही गर्ने निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर बुधबार काठमाडौंमा आयोजित भेलाले अध्यक्ष श्रेष्ठ चौधरीलाई हटाउन गरेको हो । […]

पूरा पढ्नुहोस्