Author: Ugin Khabar
फेरि पनि हिमपात र वर्षाको सम्भावना
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण फेरि पानी पर्ने भएको छ । यो प्रणालीका कारण आज केही ठाउँमा हल्का पानी र भोलि र पर्सि भने देशका धेरै ठाउँमा वर्षा हुने मौसमविद्ले बताएका छन् । मौसमविद् बरुण पौडेलकाअनुसार आज गण्डकी र प्रदेश १ का एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । आज रातिदेखि भने […]
पूरा पढ्नुहोस्
आज सोनाम ल्होसार, सार्वजनिक बिदा
माघ १९, सोनाम ल्होसार तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । तामाङ समुदायमा सोनाम ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गरिन्छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, […]
पूरा पढ्नुहोस्
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
मंगलबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमको मंगलबार बसेको बैठकले साबिकको बिक्री मूल्यमा प्रति लिटर तीन रुपैयाले बढाएर काठमाडौ ९निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसर भित्र० को लागि पेट्रोल, डिजेल र मट्टितेलको प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमस १ सय ४२ र १ सय २५ […]
पूरा पढ्नुहोस्
२३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुग्यो
कोभिड १९ कोरोना भाइरसविरुद्धको २३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो । सरकारले कोभ्याक्समार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना खोप ल्याउने भनेकोमा १६ लाख ६० हजार मात्रा खोप […]
पूरा पढ्नुहोस्
जेठ ४ गते एकै चरणमा स्थानीय तहकाे चुनाव गर्न सरकार र आयाेगबीच समझदारी
सरकार र निर्वाचन आयोगबीच आउँदो जेठ ४ गते एकै चरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच आज मङ्गलवार भएको छलफलमा आउँदो जेठ ४ गते स्थानीय तहकाे चुनाव गर्ने समझदारी बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते चुनाव गर्ने प्रस्ताव गर्नुभएको […]
पूरा पढ्नुहोस्
विकास खर्च किन भएन भनेर सधैँ भनिराख्नु राम्रो भएन : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्मा पुँजीगत खर्च गर्नु भनेर सचिवलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज भएको चालू आवको हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले ‘खर्च गर्नुहोस्’ भनेर सचिवलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश नजाने बताउनुभएको हो । “पुँजीगत खर्च गर्ने सन्दर्भमा बारबार यस्तो बैठक […]
पूरा पढ्नुहोस्
देशभर पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि
देशभर पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कुल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ […]
पूरा पढ्नुहोस्
बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने
बागमती, १८ माघ बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ । बागमती प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले यस विषयमा […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुरमा शिक्षक अस्पताल बन्ने
चितवनको भरतपुरमा शिक्षक अस्पताल बन्ने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले भरतपुरमा शिक्षक अस्पताल बनाउन स्वीकृति दिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषदमा शिक्षक अस्पताल भरतपुर बनाउने प्रस्ताव लैजानुभएको थियो । शिक्षक अस्पताल भरतपुर महानगरपालिका वडा नम्बर–१५ भगवानपुरमा बनाउने निर्णय भएको छ । शिक्षक अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन समितिले केही […]
पूरा पढ्नुहोस्
स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न युवा संघ र अनेरास्ववियु चितवनको माग
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु चितवनले भरतपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । उनीहरुले प्रधानमन्त्री देउवाको विरुद्धमा चर्को नाराबाजी गर्दै दर्जनभन्दा बढी पुत्ला दहन गरेका छन् । उनीहरुले मसाल जुलुस समेत निकालेका थिए । वीरेन्द्र बहुमुखी क्याम्पसबाट सुरु भएको मसाल जुलुस चौबिसकोठीमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रहरीले […]
पूरा पढ्नुहोस्



















