Author: Ugin Khabar
महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज थाइल्यान्ड र नेदरल्याण्डसबीच दोस्रो खेल हुने
त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज थाइल्यान्ड र नेदरल्याण्डसबीच दोस्रो खेल हुने भएको छ । शृङ्खलामा दुई खेल खेलेको थाइल्यान्डले सबै खेल जितेको छ । उता, तीन खेल खेलेको नेदरल्याण्ड्सले पनि दुई खेलमा जित हात पारेको छ । दुबै खेलमा नेपाललाई हराएको हो तर थाइल्याण्डसँगको खेलमा नेदरल्याण्ड्स पराजित भएको थियो । नेपालले अहिलेसम्म खेलेका […]
पूरा पढ्नुहोस्
मन्त्रिपरिषदको बैठक बस्दै आज
मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।
पूरा पढ्नुहोस्
नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै
राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ । नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले अहिले पूर्वीखण्डको विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिए ।यो फेब्रुअरी महिनामा गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र पु¥याउने गरी काम भइरहेको छउनले भने,“पुल र कल्भर्ट रहेका […]
पूरा पढ्नुहोस्
आज श्रीपञ्चमी : सरस्वतीको पूजा गरी मनाइँदै
हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले आआफ्ना […]
पूरा पढ्नुहोस्
भरतपुर महानगरपालिकामा १६ हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइने
विश्व क्यान्सर दिवसको अवसरमा यही माघ २२ गतेदेखि भरतपुर महानगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सुरु हुने भएको छ। १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी सुरु गरिने अभियान फागुन २ गतेसम्म सञ्चालन हुनेछ । खोप अभियान विद्यालयहरूमा सञ्चालन गरिनेछ भने विद्यालय जान नसकेका किशोरीहरूका लागि सम्बन्धित वडाका स्वास्थ्य संस्थामा खोप […]
पूरा पढ्नुहोस्
आजको राशिफल – Today’s Horoscope
मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ। पछिका लागि […]
पूरा पढ्नुहोस्
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवनमा व्यस्त रहेकाले आज बस्ने भनिएको स्थगित भएको हो । बैठक भोलि सोमबार बिहान ११ बजे प्रचण्ड निवास खुमलटारमा बस्नेछ । यसअघि बिहान ११ बजे बोलाइएको बैठक प्रचण्डको कार्य व्यस्तताका कारण दिउँसो २ बजेलाई सारिएको थियो । । पुस २३ गते […]
पूरा पढ्नुहोस्
महिला टी-२० शृंखला :नेपाललाई १४१ रनको लक्ष्य
काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल जित्न नेपालले १४१ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो । नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले सर्वाधिक ४१ […]
पूरा पढ्नुहोस्
साउदी अरबमा भएको सवारी दुर्घटनामा ३ नेपालीको मृत्यु;१ जना गम्भीर घाइते
माघ २० , साउदी अरबमा भएको सवारी दुर्घटनामा ३ नेपालीको मृत्यु भएको छ भने १ नेपाली गम्भीर घाइते भएका छन्। साउदी अरबस्थित नेपाली दूतावासका अनुसार दुर्घटनामा उदयपुरका रुपक कार्की, पाल्पाका कृष्ण खत्री र कपिलवस्तुका मीनबहादुर राणाको मृत्यु भएको हो। यसैगरी उक्त बस दुर्घटनामा इलामका सुकबहादुर लिम्बु गम्भीर घाइते भएका छन्। उनको अलेमिस अस्पतालमा उपचार भइरहेको छ। […]
पूरा पढ्नुहोस्
संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै
संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज आइतबार बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रतिनिधि सभाको बैठक भने आगामी माघ २४ मा बस्ने छ ।
पूरा पढ्नुहोस्



















