Banner

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । राष्ट्रपति विद्या भण्डारीले गत ज्येष्ठ १० गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नु भएको सो नीति तथा कार्यक्रम प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकमा बहुमतले पारित भएको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरे […]

पूरा पढ्नुहोस्

आगामी वर्षको बजेट आइतबार ४ बजे प्रस्तुत हुने

सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट भोलि (आइतबार) दिउँसो ४ बजे प्रस्तुत गर्ने भएको छ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् । बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् […]

पूरा पढ्नुहोस्

म शिक्षामन्त्री हुँदा लिपुलेकसहितकाे पाठ्यपुस्तक सार्वजनिक गर्न ओ‌लीले राेक्नुभयाे : नेता पाेखरेल

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले लिपुलेक, कालापानीको नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएको बताउनु भएको छ । तत्कालीन शिक्षामन्त्री समेत रहनु भएका नेता पोखरेलले सरकारको नीति तथा कार्यक्रमबारे संसदमा ओलीले राष्ट्रियताका कुरा गरे पनि उहाँले नै आफू प्रधानमन्त्री रहेकै बेला सो पुस्तक सार्वजनिक गर्न रोक लगाउनु भएको […]

पूरा पढ्नुहोस्

विरगन्जका मेयर एक्सनमा – धमाधम बन्दै सडक

सपथ ग्रहण गरेको दिनबाटै वीरगञ्जका मेयर राजेशमान सिंह एक्सनमा उत्रिएका छन् । भोट माग्दा स्थानीयसँग गरेको वाचा बमोजिम उनले वीरगञ्जको घण्टाघरदेखि माइस्थानसम्मको सडक मर्मत गर्ने काम सुरु गरेर एक्सनमा उत्रिएका हुन् । पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयबाटै वर्षौँदेखि जीर्ण रहेको यो सडक मर्मतको काम सुरु गराएका हुन् । मर्मत गर्ने निर्णय गरेसँगै बिहीबार रातिबाटै […]

पूरा पढ्नुहोस्

हप्तामा २ पटक मूल्यवृद्धि गरेर सरकारले जनतालाई धोका दियो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय बढेको मूल्यवृद्धिलाई लिएर सरकारको आलोचना गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै ओलीले सरकारको चर्को आलोचना गरेको हुन्। ओलीले सरकारको आलोचना गर्दै भने, ‘मूल्य समायोजनको नीतिको सट्टा यसै महिनाको पहिलो हप्ता दुईपल्ट १०/१० रुपैयाँका दरले मूल्यवृद्धि गरिन्छ। जनतालाई धोका दिएर एक हप्ताभित्र २ पल्ट मूल्यवृद्धि गरिएको […]

पूरा पढ्नुहोस्

गठबन्धन प्रदेश र संघको चुनावसम्म जान्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह निर्वाचनको परिणामबाट उत्साहित भएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै यादवले भने– ‘स्थानीय चुनावमा गठबन्धनबाट सबै सन्तुष्ट नै भएकाले प्रदेश र संघको चुनावसम्म कायम हुन्छ ।’ ‘हामीले स्थानीय चुनावको विषयमा गठबन्धनमा समीक्षा गरेका छैनौ । हामीले पार्टीमा पनि छुट्टै समीक्षा गरेका छैनौ’ यादवले भने, ‘हामीलाई ठिकै […]

पूरा पढ्नुहोस्

निजगढमा विमानस्थल बनाउने बाटो बन्द, विकल्प खोज्न सर्वोच्चको आदेश

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । निजगढमा विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले उत्प्रेषणको आदेशले बदर गरिदिएको हो । । वातावरण सरक्षण अभियन्ता र वरिष्ठ अधिवक्ताहरुले दायर गरेको रिटमा सुनुवाइ गर्दै बिहीबार […]

पूरा पढ्नुहोस्

श्रीमतीको हत्या गर्ने रञ्जन कोइरालाको सजाय छुटको फैसला उल्टियो, २० वर्ष नै जेल बस्नुपर्ने

सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद सजायमा छुट दिने आफ्नै फैसला उल्टाएको छ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको इजलासले सर्वोच्चले यसअघि कर्तव्य ज्यान मुद्दामा कोइरालाको कैद सजाय घटाएर आठ वर्ष कायम गरेको फैसला उल्टाएको हो । आज बिहीवारको फैसलामा जानाजान श्रीमतीको हत्या गरेको पुष्टि भइसकेकाले […]

पूरा पढ्नुहोस्

भरतपुर महानगर पालीका वडा न. २७ मा नयाँ जनप्रतिनिधिहरुलाई स्वागत

भरतपुर महानगर पालीका वडा न. २७ मा नयाँ जनप्रतिनिधिहरुलाई स्वागत गरिएको छ । आज एक कार्यक्रमका वीच वडाका कर्मचारी र वडा वासीले जनप्रतिनिधिहरुलाई स्वागत गरेका हुन । भरतपुर २७ मा काङग्रेसबाट राम बहादुर भण्डारी अध्यक्षमा निर्वाचीत भएका हुन । सदस्यहरुमा अर्जुन भण्डारी सीता भण्डारी (श्रेष्ठ ) दया राम महतो र मिठु बि, क, निर्वाचीत भएका […]

पूरा पढ्नुहोस्

नीति तथा कार्यक्रममाथि आजदेखि सदनमा छलफल हुँदै

जेठ १२, सरकारले मंगलबार सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममाथि बिहीबारदेखि छलफल हुने भएको छ।  बिहीबार बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ। बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९र०८०को नीति तथा कार्यक्रममाथि संसद्‌मा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको […]

पूरा पढ्नुहोस्