Banner

भरतपुर महानगरको मेयरमा एमालेबाट विजय सुवेदी सर्वसम्मत उम्मेदवार

भरतपुर महानगरको मेयरमा एमालेले प्रदेश सांसद विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । एमाले महानगर कमिटिको बैठकले सुवेदीलाई मेयर बनाउने निर्णय गरेको हो । पार्टीका उप–महासचिव प्रदिप ज्ञवालीको विशेष उपस्थितिमा भएको बैठकले मेयरको उम्मेदवार टुंगो लगाएको हो । सुवेदी २०७४ सालमा चितवन क्षेत्र नम्बर २ ख बाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । वृहत चितवनको […]

पूरा पढ्नुहोस्

सत्ता गठबन्धन अपराधी भएको ओलीको टिप्पणी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई ‘अपराधी गठबन्धन’ को संज्ञा दिनुभएको छ । आज (आइतबार) नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले गठबन्धनले देश बर्बाद बनाउँदै लगेको आरोप लगाउनुभयो । देशमा चरम भ्रष्टता हुँदा पनि सरकारमा बस्नेले नबुझेको भन्दै उहाँले गठबन्धनकारीले देश त बर्बाद बनाउने बताउनुभयो । देश श्रीलंका जस्तो हुन […]

पूरा पढ्नुहोस्

मोबाइल, फर्निचर, चुरोट, रक्सीलगायतका वस्तु आयातका लागि एलसी नखोल्ने बैंकर्स सङ्घको निर्णय

देशमा विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि वाणिज्य बैंकहरूले विभिन्न सामान आयातका लागि प्रतितपत्र अर्थात् एलसी नखोल्ने भएका छन् । आज आइतवार बसेको नेपाल बैंकर्स सङ्घको बैठकले गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइललगायतका सामग्री आयातका लागि एलसी नखोल्ने निर्णय गरेको हो । राष्ट्र बैंकले अत्यावश्यकबाहेक सामग्रीका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएकोमा […]

पूरा पढ्नुहोस्

मछिन्द्रनाथको रथ आज असनबाट तानेर वसन्तपुरमा लगिदै

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रामा सयौँको सहभागिता जुटेको छ । सेतो मच्छिन्द्रनाथको रथयात्रा हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गको तीनधारा पाठशालाबाट सुरु हुन्छ । रथयात्रा अगाडि काठमाण्डौ इन्द्रचोकमा रहेको केलटोलको मन्दिरबाट देवताको मूर्ति खटमा राखेर हिजो दरबारमार्गमा पुर्याइएको थियो । यसरी लगिएको मूर्तिलाई खटमा राखेर रथयात्रा सुरु हुँदै आएको छ । रथलाई सहरको भित्री भागमा […]

पूरा पढ्नुहोस्

एकीकृत समाजवादीकाे पक्षमा जनलहर आउन लागेकाे अध्यक्ष नेपालकाे दाबी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीको पक्षमा जनलहर नै आउन थालेको बताउनु भएको छ । अध्यक्ष नेपालले जनताले आफ्नो पार्टीको चुनाव चिन्ह कलम पनि भन्न थालेको दावी गर्नु भयो । शनिबार काठमाण्डौमा आयोजित पार्टीको जनसभामा बोल्दै उहाँले गफाडीहरुले गफ गर्दै जाने उल्लेख गर्दै आफूहरुले भने देश र जनताको पक्षमा काम गरेर […]

पूरा पढ्नुहोस्

बाघले बेपत्ता बनाएकाको शव भेटियो

बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । उनको शव जितपुरघाटमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ […]

पूरा पढ्नुहोस्

आइतबार सार्वजनिक विदा

सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

पूरा पढ्नुहोस्

अखिल क्रान्तिकारीका केन्द्रीय सचिव लगाएत ४ केन्द्रीय सदस्यलाई सङगठनबाट निष्कासन

२४ चैत्र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) ले सङगठनका केन्द्रीय सचिव सुर्य कार्कीलाई साधरण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । सङगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्ति मार्फत कारवाहीको घोषणा गरेका हुन । सङगठनको अनुशासन उल्लङघन गरेको, सङगठन विरोधी क्रियाकलापमा संलग्न भएको आरोप उनिमाथि लागेको छ । यस्तै सङगठनका केन्द्रीय सदस्यहरू जितेन्द्र […]

पूरा पढ्नुहोस्

दलितलाई कोटामा सीमित नगरौँ : आस्था नेपाली

जनता समाजवादी पार्टी जसपा ले स्याङ्जा पुतलीबजार नगरपालिकाको मेयरका लागि दुई जनाको नाम सिफारिस गरेको छ । जसपाले पुतलीबजार नगरपालिकाको मेयरका लागि आस्था नेपाली र पोमनारायण अर्यालको नाम सिफारिस गरेको छ । दलित महिलालाई ‘कोटा’मा मात्र सीमित गर्ने चलन तोड्दै जसपाले मेयरका लागि दलित महिलालाई सिफारिस गरेको हो । समानुपातिक सहभागितालाई प्रभावकारी बनाउने अभ्यासअन्तर्गत जसपाले […]

पूरा पढ्नुहोस्

समृद्ध नेपाल बनाउन एमाले प्रतिबद्ध छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि स्थानीय तहको चुनावमा जनताले एमालेलाई नेतृत्वमा पुर्‍याउने बताउनुभएको छ । नेकपा एमाले बाँकेले नेपालगञ्जमा आज बिहीवार आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवम् पार्टी प्रवेश कार्यक्रममा उहाँले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताउनुभएको हो । अध्यक्ष ओलीले अहिले देशको अर्थतन्त्र सङ्कटमा परेको उल्लेख […]

पूरा पढ्नुहोस्