Banner

तेलौलीमा भएको रक्तदान कार्यक्रममा ७१ जनाले गरे रक्तदान

शनिवार तेलौलीमा भएको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन । टाईगर युवा क्लव तेलौली कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम क्लवका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा भएको हो । रक्तदान कार्यक्रममा क्लिनिक नेपाल र जनकल्याण ऋण तथा वचत सहकारी संस्थाले प्रायोजन गरेका थिए । कोभिड महामारीले गर्दा भएको रगत अभावलाई मध्यनजर गर्दै रक्तदान आयोजना गरेको […]

पूरा पढ्नुहोस्

चुनावका लागि ५० अर्ब रुपैयाँ बजेट माग भएको छ : अर्थ मन्त्री शर्मा

अर्थ मन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटमा चुनावका लागि विनियोजन गरिएभन्दा पाँच गुणा बढी रकम माग भएकाले मन्त्रालय दबाबमा परेको बताउनुभएको छ । आज बिहीवार अर्थ मन्त्रालयमा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै उहाँले सरकारकले चालु आर्थिक वर्षको बजेटमा १० अर्ब रुपैयाँ छुट्याएको भए पनि माग भने ५० अर्ब रुपैयाँको […]

पूरा पढ्नुहोस्

देशव्यापी प्रशिक्षण चलाउने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र र राजसंस्थाबारे जनतामा जागरुकता ल्याउने निर्णय गरेको छ । आज बसेको केन्द्रीय पदाधिकारी बैठकले देशव्यापी प्रशिक्षण तथा कोणसभा गर्ने निर्णय गरेको हो । पार्टीको संगठनलाई सुदृढ र क्रियाशील तुल्याउँदै सबै स्थानीय तहमा उम्मेदवार उठाउने भएको छ । पार्टीलाई सशक्त बनाउन कोणसभा र घरदैलो अभियान चलाइने भएकोे प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो […]

पूरा पढ्नुहोस्

माओवादी केन्द्रीय समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रको भोलि शुक्रवार र पर्सि शनिवारका लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । कोरोना महामारीका कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ । यसअघि आजका लागि बोलाइएको बैठक बस्ने ठाउँ तय नभएका कारण भोलि र पर्सिका लागि सारिएको भए पनि फेरि बैठक स्थगित गरिएको हो । बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम […]

पूरा पढ्नुहोस्

काङग्रेस एमसीसी पास गर्ने पक्षमा

सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा पेस भए बहुमतका साथ पारित हुने दाबी गर्नुभएको छ । आज बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता महतले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा स्थानीय चुनावको बारेमा छलफल भएको पनि बताउनुभयो । प्रवक्ता महतले बैठकमा वक्ताहरूले बोल्ने क्रम नसकिएकाले […]

पूरा पढ्नुहोस्

एसईईको तालिका सार्वजनिक

आउँदो वैशाख ९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ९ गतेदेखि २० गतेसम्म हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो । तालिकाअनुसार पहिलो दिन ९ गते अनिवार्य९अङ्ग्रेजी, अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ । सरकारले वैशाख ३० गते स्थानीय तहको चुनावको मिति घोषणा गरेकाले […]

पूरा पढ्नुहोस्

कोरोना सङ्क्रमणबाट थप १४ जनाको ज्यान गयो, ७ हजार ७ सय ७७ जना निको

कोरोना सङ्क्रमणका कारण नेपालमा थप १४ जनाको ज्यान गएको छ । सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गएको र अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्ला केही दिनयता नयाँ सङ्क्रमित थपिने क्रम घटे पनि ज्यान गुमाउनेको सङ्ख्या भने बढिरहेको छ । यस्तै […]

पूरा पढ्नुहोस्

यस वर्षको एसइई परीक्षा वैशाख ९ देखि २० गतेसम्म हुने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणका कारण विगत दुई वर्ष एसइईको आन्तरिक मूल्याङ्कन गरेको र त्यसअघिका […]

पूरा पढ्नुहोस्

सर्वोच्च प्रशासनद्वारा दर्ता गर्न अस्वीकार

काठमाडौँ, २६ माघ रासस सर्वोच्च अदालत प्रशासनले स्थानीय तहको निर्वाचनपछि पाँचवर्षे कार्यकाल उपभोग गर्न नपाउने उल्लेख गर्दै पेस भएको निवेदन दर्ता गर्न अस्वीकार दरपीठ गरेको छ । सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले महोत्तरीको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले पेश गर्नुभएको निवेदन दरपीठ गर्नुभएको हो । दरपीठमा भनिएको छ, “नेपाल सरकारबाट स्थानीय तह निर्वाचन ऐन, २०७३ […]

पूरा पढ्नुहोस्

जसपा फुटको संघारमा

अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच द्वन्द्व चर्को बनेपछि जनता समाजवादी पार्टी जसपा फुटको संघारमा पुगेको छ । यादवमाथि एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै आएको भट्टराई पक्ष पार्टीमा सकेसम्म ५१ प्रतिशत पुर्‍याउने, नभए अर्को पार्टी गठन गर्ने तयारीमा जुटेको छ । अध्यक्ष यादवलाई अन्तिम दबाबका रूपमा तत्काल केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरिएको, […]

पूरा पढ्नुहोस्