Banner
भोलि बस्ने संसद् बैठकको कार्यसूचीमा एमसीसी सम्झौता परेन
प्रतिनिधि सभाको भोलि बुधवार बस्ने बैठकमा पनि अमेरिकी सहयोग एमसीसी सम्झौता पेस नहुने सम्भावना बढेको छ । संसद् सचिवालयले भोलिका लागि आज मङ्गलवार प्रकाशन गरेको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता पेसको विषय समावेश गरिएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पेस हुने र यो विषयमा आफूले सभामुख अग्नि सापकोटासँग परामर्श गरेको बताए पनि कार्यसूचीमा […]
पूरा पढ्नुहोस्
सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान
सभामुख अग्निप्रसाद सापकोटाले भोलि बुधवारका लागि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ । सभामुख सापकोटाले संसद् भवन नयाँ बानेश्वरमा बिहान साढे ११ बजे समितिको बैठक आह्वान गर्नुभएको संसद् सचिवालयले जनाएको छ । यसैबीच सचिवालयले सार्वजनिक गरेको प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने विषय समावेश भएको छैन । सम्भवतः […]
पूरा पढ्नुहोस्
संसदीय समिति बैठकमा अध्यक्ष तिमिल्सिना सहभागी हुँदै
काठमाडौँ, ३ फागुन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय समितिका काम कारवाहीलाई प्रभावकारी तुल्याउन र सदस्यलाई प्रोत्साहन गर्न समितिका बैठकमा सहभागी हुन लाग्नुभएको छ । विधायन व्यवस्थापन समितिको आजको बैठकमा उहाँ सहभागी हुनुहुने सभापति परशुराम मेघी गुरुङले जानकारी दिनुभयो । समितिबाट जनचासोका कानुन निर्माणका प्रयास र भइरहेका काम–कारवाहीका अभ्यासको अध्यक्ष तिमिल्सिनाले बैठकमा सहभागी भई प्रत्यक्ष अनुभव […]
पूरा पढ्नुहोस्
जसपामा तीन अध्यक्षमध्ये रिक्त एक पदमा वरिष्ठ नेता राईलाई चयन गर्ने कसरत
जनता समाजवादी पार्टीमा तीन अध्यक्षमध्ये रिक्त एक पदमा वरिष्ठ नेता अशोक राईलाई चयन गर्ने कसरत सुरु भएको छ । पार्टीमा विवाद चर्किएपछि जसपाका शीर्ष नेताबीच छलफल भएको हो । अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता राई, राजेन्द्र श्रेष्ठ र कार्यकारिणी सदस्य महिन्द्रराय यादवबीच छलफल भएको हो । वरिष्ठ नेता महन्थ ठाकुरले […]
पूरा पढ्नुहोस्
कांग्रेसले बोलायो संसदीय दलको बैठक, महाभियोगबारे छलफल हुने
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावबारे छलफल गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक, आज बिहान ९ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ। आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए।
पूरा पढ्नुहोस्
एक महिना पछि विद्यालय खुल्दै, आजदेखि भौतिक उपस्थितिमै पठनपाठन
कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शिक्षण संस्था आजदेखि खुल्दै छन् । एक महिनादेखि बन्द विद्यालयमा आजदेखि भौतिक उपस्थितिमै पठनपाठन हुँदैछ । आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी नियमित दैनिक रुपमा नै विद्यालय जानेछन् भने १२ वर्षभन्दा मुनिका बालबालिकालाई आलोपालो गरी पठनपाठन गराउनु पर्ने सरकारको निर्णय छ । १२ देखि १७ […]
पूरा पढ्नुहोस्
आजदेखि यात्रु विना नै खाली रेल कुदाइँदै
धनुषाको इनर्वा स्टेशनमा राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ। जयनगर–कुर्था रेलमार्गमा आज बिहान १० बजेदेखि रेल सञ्चालन हुने भएको हो । भारतको जयनगर हुँदै जनकपुरधाम–कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । उद्घाटन नभएसम्मको लागि यात्रु विना नै रेल चलाउन लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । रेल कुद्ने भएपछि लिकमा […]
पूरा पढ्नुहोस्
माओवादी घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ । २७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै उहाँले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकताबद्ध हुन ती घटकलाई आह्वान गर्नुभएको हो । अध्यक्ष दाहालले परिवर्तनका लागि लडेका शक्तिहरू एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र […]
पूरा पढ्नुहोस्
गठबन्धनका नेताबीच आज पनि जुटेन एमसीसी संसदमा पेस गर्ने सहमति
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको आजको छलफलमा पनि अमेरिकी सहयोग एमसीसीसँगको सम्भौता संसदमा पेस गर्नेबारे सहमति जुट्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेस गर्नेबारेमा छलफल भए पनि सहमति नजुटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा […]
पूरा पढ्नुहोस्
थप ८ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ हजार ८ सय २६ जना निको भए
पछिल्लो २४ घण्टामा आठ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार ६ सय ५४ जनाको नमूना परीक्षण गर्दा आठ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै थप एक हजार आठ सय २६ जना निको भएका छन् । […]
पूरा पढ्नुहोस्



















