अन्तराष्ट्रिय

उत्तर प्रदेशमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिदा १० जनाको मृत्यु

उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको संगम तटमा भागदौड मच्चिए पछि १० जनाको ज्यान गएको छ । आजबिहान साढे एक बजे भएको भागदौडमा तीर्थयात्रीको ज्यान गएको हो । संगममा केही महिलाहरू भुइँमा लडेपछि भीडले उनीहरूलाई कुल्चिएको बताइएको छ । दुर्घटनापछि घाइते र मृतकलाई अस्पताल लगिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार संगम किनारामा एनएसजी कमाण्डो […]

पूरा पढ्नुहोस्

अमेरिकी कोषको रकम चलाउन रोक्ने राष्ट्रपति ट्रम्पको आदेश न्यायाधीशले रोके

सङ्घीय अनुदान, ऋण र अन्य वित्तीय सहायतालाई रोक्न ह्वाइट हाउसले दिएको आदेशलाई न्यायाधीशहरूले अस्थायी रूपमा रोकेका छन् । अमेरिकी कोषको रकम  चलाउन नमिल्ने  भएपछि कुन कुन क्षेत्र र कार्यक्रममा असर गर्छ भन्ने अन्योलता बढ्दै गएको भन्दै  न्यायाधीशहरूले आदेश कार्यान्वयन नगर्न भनेका हुन् । ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी सरकारको कोषमा भएको रकम रोक्ने […]

पूरा पढ्नुहोस्

हमासले थप छ जना इजरायली बन्धकलाई रिहा गर्ने

हमासले थप छ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । विस्थापितहरूलाई उत्तरी गाजामा फर्कन दिएको बदलामा हमासले उनीहरूलाई रिहा गर्ने भएको हो । हमासले येहुद र अन्य दुई बन्धकहरूलाई आगामी शुक्रबार रिहा गर्नेछ भने शनिबार थप तीन जनालाई रिहा गर्ने जनाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो साता हमासले थप ६ जना इजरायली […]

पूरा पढ्नुहोस्

महाराष्ट्र रेल दुर्घटनामा परी मृत्यु हुने १३ जना मध्ये ७ जना नेपाली

भारत महाराष्ट्रको जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा भएको रेल दुर्घटनामा ज्यान गुमाउने १३ मध्ये ७ जना नेपाली रहेको खुलेको छ । ज्यान गुमाउने मध्ये ४ जना अछामका र एक जना कैलालीका छन् भने २ जनाको ठेगाना खुलेको छैन । मृत्यु हुने मध्ये अछामका पञ्चदेवल विनायक नगपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमु […]

पूरा पढ्नुहोस्

भारतमा रेल दुर्घटना हुँदा १२ जनाको ज्यान गयो

भारतको महाराष्ट्रको जलगाउँमा रेल दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । दुर्घटनामा १० जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरुको स्थानीय पाचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ । लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँको रेलवे ट्र्याकमा दुर्घटनामा परेको भुसावल रेलवे डिभिजनका जनसम्पर्क अधिकृतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले बताएका छन् । गुडिरहेको रेलमा आगो […]

पूरा पढ्नुहोस्

मेक्सिकोसँगको सीमामा संकटकाल लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल लगाउने घोषणा गरेका छन्।     सपथग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सिमा समस्या समाधानका लागि संकटकाल घोषणा गर्ने बताएका हुन् । उनले सबै गैर कानुनी प्रवेश बन्द गरेर लाखौं कागजपत्रविहीनलाई देशनिकाला गर्ने घोषणा गरेका छन् । ट्रम्पले २०१९ मा पनि सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल घोषणा गरेका थिए। साथै ट्रम्पले […]

पूरा पढ्नुहोस्

इजरायल र हमासबीच युद्धविरामको सहमति

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ।  यसको अर्थ विगत १५ महिना देखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको बीबीसीले जनाएको छ।     अमेरिकाको बर्हिगमन जो बाइडेन प्रशासन, कतार र इजिप्टको मध्यस्तथामा कतारको दोहामा भएको युद्धविराम वार्तामा दुवै पक्षले सहमति जनाएपछि युद्ध विराम भएको हो। […]

पूरा पढ्नुहोस्

भूकम्पले चीनमा ३६ जनाको मृत्यु

एजेन्सी । मंगलबार(आज) बिहान चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प जाँदा ३६ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो समाचार तयार पार्दा मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको र थप विवरण आउने क्रममा रहेको जनाएको छ । केन्द्रबिन्दु भएको दिङ्गे काउन्टीमा धेरै घरहरू ढलेको समाचारमा उल्लेख छ । भूकम्पमा […]

पूरा पढ्नुहोस्

अपडेट: दक्षिण कोरिया विमान दुर्घटना हुदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार

दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा परी १७९ जनाको मृत्यु भएको छ । विमानमा सवार १८१ जनामध्ये २ महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु रहेको अधिकारीले जनाइएको छ । दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरी उपचारका लागि मोकपो अस्पतालमा लगिएको जनाइएको छ । […]

पूरा पढ्नुहोस्

दक्षिण कोरियामा विमान दुर्घटना , २८ जनाको मृत्यु

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । एक सय ७५ जना यात्री र चालक दलका ६ जना सदस्य रहेको जेजु एयरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो । योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो । […]

पूरा पढ्नुहोस्