अन्तराष्ट्रिय

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको गएराति निधन भएको छ । उहाँ ९२ वर्षको हुनुहुन्थ्यो । घरमा अचानक बेहोस भएपछि उहाँलाई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो । उपचारको क्रममा उहाँको निधन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार सिंहलाई उमेरसँग सम्बन्धित समस्याहरू देखिएपछि लामो समयदेखि घरमै उपचार भइरहेको थियो । सन् १९३२ मा […]

पूरा पढ्नुहोस्

सिरियाका नयाँ प्रधानमन्त्री मोहम्मद अल बसिर

अन्ततः सिरियाका नयाँ प्रधानमन्त्रीको रूपमा मोहम्मद अल बसिरले नेतृत्व गर्ने भएका छन् । मोहम्मद अल बसिरले अन्तरिम प्रधानमन्त्रीको रूपमा देशको संक्रमणकालीन सरकारको नेतृत्व गर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । बिद्रोही समुह हयात ताहिर अल सामकोतर्फवाट इडलिब सरकारका पूर्व प्रमुख रहेका बसिर संक्रमणकालीन प्रधानमन्त्रीको जिम्मेवारी दिन लागिएको हो । सिरियाको नयाँ प्रशासनले मोहम्मद अल बशीरलाई संक्रमणकालीन […]

पूरा पढ्नुहोस्

आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेनाको प्रयोग गर्ने योजना बनाएको बताएका छन्। ट्रम्पले सोमबारआफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक कन्जरभेटिभ कार्यकर्ताको हालैको पोष्टलाई पुनः पोष्ट गरेका छन्। पोष्ट भनिएको छ, ‘नवनिर्वाचित राष्ट्रपति “राष्ट्रिय आपतकाल घोषणा गर्न तयार हुनुहुन्छ र सामूहिक निर्वासन कार्यक्रम अघि […]

पूरा पढ्नुहोस्

अमेरिकाको राष्ट्रपतिमा ट्रम्पले जितेसँगै डलरको मूल्य उच्च

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजय भएसँगै डलरको मूल्य र शेयर बजार बढेको छ । डिजिटल मुद्रा अर्थात बिटक्वाइनले पनि नयाँ रेकर्ड कायम गरेको छ । डलरको भाउ युरोको भन्दा एक दशमलव ५ प्रतिशतभन्दा धेरैले बढेको छ । अमेरिकाको केन्द्रीय बैंकले आज बढेको मूल्यसहित डलरको भाउ निर्धारण गर्दैछ । विश्लेषकहरूले यसअघि नै ट्रम्पको विजयले मुद्रास्फीति बढाउन […]

पूरा पढ्नुहोस्

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान : ह्यारिस र ट्रम्पबीच प्रतिस्पर्धा

अमेरिकामा नयाँ राष्ट्रपति चयन गर्न आज मतदान हुँदैछ । डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने देखिएको बीबीसीले जनाएको छ । ह्यारिस उपराष्ट्रपति हुनुहुन्छ भने ट्रम्प पूर्वराष्ट्रपति हुनुहुन्छ । मतदान पूर्व देशैभरि भएको मतसर्वेक्षणहरूले दुई उम्मेदवारबीच प्रतिस्पर्धा अझ बढेको देखाएका छन् । त्यसको आधारमा विभिन्न ठाउँमा थोरै मतान्तरले जीतको छिनोफानो […]

पूरा पढ्नुहोस्

स्पेनमा ५० वर्षयताकै खराब बाढी : ९५ जनाको ज्यान गयो, कयौँ वेपत्ता

स्पेनमा पछिल्लो ५० वर्षयताकै खराब बाढी आएको छ । बाढीमा परेर ९५ जनाको ज्यान गएको छ भने कयौँजना वेपत्ता भएका छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा परको क्षेत्रमा ठूलो वर्षा भएपछि आएको बाढीले सयौँ पुल र भवनहरू बगाएको छ । केही मानिस छत र ठूला रुखमा चढेर बाँच्न सफल भएका छन् । वेपत्ताहरुको सङ्ख्या […]

पूरा पढ्नुहोस्

इजरायलले इरानमा आक्रमण थाल्यो, ठूलो युद्धको डर

इजरायलले इरानमा आक्रमण गरेको छ । इजरायलले इरानको राजधानी तेहरानसहितका ठाउँमा रहेका सैन्य अखडामा आक्रमण गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तेहरानमा लक्षित गरेर प्रहार भएका मिसाइललाई आफ्नो प्रतिरक्षा प्रणलीले आकासमै ध्वस्त पारेको इरानले जनाएको छ । इरानका अरु विभिन्न शहरमा पनि आक्रमण भएको जनाएको छ । यो आक्रमणलाई जवाफ दिनको लागि इरानले छलफल […]

पूरा पढ्नुहोस्

भारतले आज ७८ औं स्वतन्त्रता दिवस मनाउँदै

भारतमा आज ७८ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्षको अगस्ट १५ तारिखका दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ । राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा सम्बोधन गर्दै भारतको अर्थतन्त्रको प्रगतिको कामना गर्नुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको ऐतिहासिक लालकिल्लाबाट […]

पूरा पढ्नुहोस्

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा ६१ जनाको ज्यान गयो

ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा विमानमा रहेका सबै ६१ जनाको ज्यान गएको छ । दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको विमान भिन्हेडो शहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ । दुर्घटनामा चालक दलका चार सदस्य र ५७ जना यात्रु गरी ६१ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको […]

पूरा पढ्नुहोस्

बङ्गलादेशमा गठन हुने अन्तरिम सरकारले आज शपथ लिने तयारी

बङ्गलादेशमा गठन हुने अन्तरिम सरकारका सदस्यहरुले आज शपथ ग्रहण गर्ने तयारी छ । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको सल्लाहकार परिषद्ले आज शपथ लिने तयारी भइरहेको बङ्गलादेशका सेना प्रमुख जनरल वाकर जमानलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आज बेलुकी ८ बजे सपथ ग्रहणको कार्यक्रम हुनेछ । सल्लाहकार परिषद् १५ सदस्यीय हुने सम्भावना रहेको सेना […]

पूरा पढ्नुहोस्