समाचार

नागरिक उन्मुक्ति पार्टीले आज औपचारिक रूपमा सरकारलाई दिएको समर्थन फिर्ता लिने

नागरिक उन्मुक्ति पार्टीले आज औपचारिक रूपमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आज औपचारिक रूपमा संघ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने  बताइन् । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णयमा पुगेको […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै हुुनुहुन्छ।   सूचना तथा प्रसारण विभागले आज अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्नुहुने जनाएको छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गर्नुभएको थियो। स्पेनमा रहँदा प्रधानमन्त्री ओली […]

पूरा पढ्नुहोस्

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप : ६ जना प्रहरी घाइते, ४ राउण्ड हवाई फायर

धनुषाको विदेह नगरपालिका–२ मा रहेको गोबराही क्षेत्रमा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ । गएराति भएको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । गोबराही क्षेत्रमा मोटरसाइकलमा अबैध रूपमा ल्याउँदै गरेका सामानहरु लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट […]

पूरा पढ्नुहोस्

संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट खारेज

सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज हुने फैसला सुनाएको छ। बुधबार राति अघि भएको यो फैसलासँगै संवैधानिक आयोगका पदाधिकारीले पूर्ण कार्यकाल काम गर्न पाउने भएका छन्। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको संवैधानिक इजलासमा रिटको सुनुवाइ भएको थियो। इजलासमा […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयकाे ताला खुलाउन सर्वाेच्चकाे आदेश

त्रिभुवन विश्वविद्यालयमा एक महिनाभन्दा बढी समयदेखि भइरहेको तालाबन्दी खुलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले हिजो तालाबन्दी नगर्न/नगराउन, ताला लगाएको भए खोल्न/खोलाउन गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरका नाममा अन्तरिम आदेश जारी गरेको हो । त्रिविको उपकुलपति, रेक्टर, रजिस्ट्रार, सेवा आयोगलगायत कार्यालयमा भएको तालाबन्दी खुलाउन माग गर्दै अधिवक्ता महेश […]

पूरा पढ्नुहोस्

राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट

सात वटै प्रदेशका प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । बुधवार बिहान राष्ट्रपति भवन शीतल निवासमा सात वटै प्रदेशका प्रदेश प्रमुखहरूले शिष्टाचार भेट गरेका हुन् । हाल कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग, मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, […]

पूरा पढ्नुहोस्

राज्य व्यवस्था समितिमा पदम गिरीले मागे सभापति र सचिवको राजीनामा

नेकपा एमालेका सांसद पदम गिरीले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेका छन् । बुधबार बसेको बैठकमा सांसद गिरीले सभापति खतिवडाको राजीनामा मागेका हुन् । गिरीले बैठकमा समितिका सचिव सुरज दुराको पनि राजीनामा मागेका छन् । उनले सभापति खतिवडा र सचिव दुराले नैतिकताका आधारमा पदमा बस्न नमिल्ने बताए । उनीहरू पदमा बसिरहनु लज्जास्पद र […]

पूरा पढ्नुहोस्

२५ जिल्लामा बाढीको मध्यम जोखिम

आज काठमाण्डौ उपत्यकासहित २५ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दार्चुला, डोटी, डडेलधुरा, बैतडी, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नुवाकोट, धादिङ, कैलाली, कञ्चनपुर, संखुवासभा, रसुवा, कास्की, लमजुङ्ग, पर्वत, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र काभ्रेपलाञ्चोकमा बाढीको मध्यम जोखिम छ । यसैगरी ताप्लेजुङ्ग, तेह्रथुम, भोजपुर, खोटाङ, […]

पूरा पढ्नुहोस्

आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केही कम्युनिस्ट पार्टीहरू आफ्नो उद्देश्य बिर्सेर पुँजीवादी र सामन्तीहरूको चंगुलमा फसेको बताएका छन्।   मंगलबार जनकपुरधाममा नेकपा एसको धनुषा जिल्ला अधिवेशनको उदघाट्न समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘विरोधीहरू हाम्रो विरोधमा लागेका छन् तर त्यसले केही हुँदैन। तपाईंहरू देश र जनताको हितमा काम गरिरहनुस्।’ उनले आफूले  नगरेको अपराधमा […]

पूरा पढ्नुहोस्

निजामती विधेयकमा गम्भीर षड्यन्त्र भयो, बदमासी गर्नेमाथि कारबाही हुनुपर्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्।     योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल)को केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष दाहालले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए। […]

पूरा पढ्नुहोस्