समाचार
७७ वटै जिल्ला पूर्णखोप सुनिश्चितता घोषणा
देशभरका ७७ वटै जिल्लाहरु पूर्णखोप घोषणा भएका छन । हिजो काठमाण्डौ, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाहरू पूर्णखोप घोषणा भएसँगै देशभरका सबै ७७ जिल्लाहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका हुन । नेपालमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्य करिब दुई दशक अघिदेखि शुरू गरिएको थियो । हिजो एकै पटक ६ वटा जिल्ला […]
पूरा पढ्नुहोस्
प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
आज दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएका छन्। सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ। आजको बैठकमा सहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, पर्यटन र ऊर्जा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर […]
पूरा पढ्नुहोस्
आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
हाल मनसुनको न्यूनचापीय रेखापूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभामा आज साइबर सुरक्षा विधेयक पेस हुँदै
प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उनले नै ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्नेछन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्न अनुमति माग्ने […]
पूरा पढ्नुहोस्
आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली नागरिकलाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण […]
पूरा पढ्नुहोस्
आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा
सङ्घीय संसद्अन्तर्गत आज विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकको पहिलो सत्रमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकसँग छलफल हुनेछ । दोस्रो सत्रमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसामयिक विषयमा छलफल हुनेछ […]
पूरा पढ्नुहोस्
गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ । यस्ता गुरुलाई शास्त्रले ब्रह्मा, […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ। बैठकदिउँसो १ बजे बस्नेगरी बोलाइएको छ।बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन ९आव २०८०/२०८१० पेश गर्ने कार्यसूची छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नबल किशोर साह सुडीले बालबालिकासम्बन्धी ९पहिलो संशोधन० विधेयक २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने […]
पूरा पढ्नुहोस्
सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित : आजदेखि अस्पतालमा सेवा नियमित
सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे सहमति भएसँगै सङ्घले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रमहरू स्थगन भएको छ । आजदेखि अस्पतालमा सेवा नियमित भएको छ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति आपत्ति जनाउँदै सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाको बैठकमा आज यस्ता कार्यसूची
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार अपराह्न १ः०० बजे बस्दैछ। बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्नेछन्। यसैगरी ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ […]
पूरा पढ्नुहोस्



















