समाचार
संसदमा रास्वपाको अवरोध कायमै, पेलेर अघि बढे सभामुख
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन माग गर्दै आएको रास्वपाले सदनमा अवरोध जारी राखेको छ। शुक्रबार पनि बैठक सुरु हुनसाथ रास्वपा र राप्रपा सांसदहरूले अवरोध गरेका हुन्। त्यसपछि सभामुखले रास्वपाका सुमना श्रेष्ठलाई बोल्न समय दिए। उनले विगतदेखि नै आफूहरूले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी छानबिन गर्न माग गरिरहेको बताए। उनले उच्चस्तरीय […]
पूरा पढ्नुहोस्
नारायणगढ–बुटवल सडकको दाउन्ने–दुम्कीवास खण्डमा रातमा १० घण्टा गाडी चलाउन रोक
नारायणगढ–बुटवल सडकको नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दाउन्ने–दुम्कीवास विनयी खोला खण्डमा रातमा १० घण्टा गाडी चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निर्माणाधीन सडकको दुम्कीवास विनयी खोला क्षेत्रमा आजदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका गाडी चलाउन रोक लगाउने निर्णय गरेको र त्यसै अनुसार आजदेखि कार्यान्वयन गरिने […]
पूरा पढ्नुहोस्
असार २२ गते त्रिभुवन विश्वविद्यालयले बाेलायाे सभा
त्रिभुवन विश्वविद्यालयले असार २२ गतेका लागि सभा (सिनेट) बोलाएको छ । त्यसका लागि प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले अनुमति दिएका हुन् । उक्त सभामा त्रिविको नीति तथा कार्यक्रम र बजेट पेस गरिने उपकुलपति प्राडा खड्क केसीले जानकारी दिए । त्रिविले चालु आर्थिक वर्षका लागि २६ अर्ब १६ करोड ८७ लाख रुपैयाँ बराबरको बजेट […]
पूरा पढ्नुहोस्
आज प्रतिनिधिसभाबाट निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ। आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो। सो प्रस्तावमाथि आज छलफल गरी […]
पूरा पढ्नुहोस्
पेट्रोलमा एक रुपैयाँ र डिजेल–मट्टीतेलमा दुई रुपैयाँले भाउ बढ्यो
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । निगमका अनुसार, पेट्रोलमा लिटरको एक रुपैयाँले तथा डिजेल र मट्टीतेलमा लिटरको दुई रुपैयाँले भाउ बढेको हो । चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५७ रूपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेलको भाउ लिटरको १४२ रूपैयाँ ५० पैसा पर्नेछ […]
पूरा पढ्नुहोस्
सातवटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछन्। असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्थाअनुसार आज सातै प्रदेशका आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् । अघिल्ला वर्षका बजेट कार्यान्वयनमा समस्या देखिएपछि अधिकांश प्रदेशले बजेटको आकार नबढाउने भएका छन् । प्राय सबै प्रदेशले कृषि, रोजगारी […]
पूरा पढ्नुहोस्
चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन
चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन भएको छ । उहाँ आज बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिनुभएको हो । बिहान सात बजे उठेर बाथरुम जानुभएका पिया आठ बजे सुत्ने कोठाको भुईमा मृत अवस्थामा भेटिनुभएको थियो । चितवन जिल्ला क्रिकेट संघका सचिव सुरज ज्ञवालीका अनुसार पियालाई सुगरको समस्या थियो। आमा र भाई भारतमा रहेको […]
पूरा पढ्नुहोस्
दुई बुँदे सहमति पालना नभए फेरि विरोध हुन्छ : अध्यक्ष प्रचण्ड
प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ दलसँग हिजो भएको दुई बुँदे सहमति पालना नभए फेरि विरोध हुने बताउनुभएको छ । आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले सहमतिमा जानुपरेको दाबी गर्नुभयो । भिजिट भिसा प्रकरणमा अहिलेका गृहमन्त्री रमेश लेखक जोडिए पनि यो प्रकरण […]
पूरा पढ्नुहोस्
यी स्थानमा आज हुनेछ भारी वर्षा
कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनीका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै तथा कर्णाली प्रदेशका एकदुई स्थानहरूमा मेघगर्जन […]
पूरा पढ्नुहोस्
मलेखु–मुग्लिन सडक असार ७ गतेसम्म राति साढे चार घण्टा बन्द हुने
पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडक खण्ड आजदेखि असार ७ गतेसम्म राति साढे चार घण्टा बन्द हुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डले सूचना निकालेर मलेखु–मुग्लिन सडक खण्डमा रहेको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकोले असार ७ गतेसम्म रातिको समयमा सडक बन्द गर्न लागेको जानकारी गराएको […]
पूरा पढ्नुहोस्



















