समाचार

मुस्लिम नेवा सामाजिक कार्यमा अघि बढ्दै

मुस्लिम नेवाः वेवारिसे शव जनाजा व्यवस्थापन केन्द्र चितवनले विपद व्यवस्थापन तथा विशुद्ध समाज सेवामा समर्पित हुँदै आएको जनाएको छ । केन्द्रका अध्यक्ष सहबुदिन अन्सारी सुल्तानले मंगलबार पत्रकार सम्मेलन मार्फत गैर नाफामूलक, निस्वार्थ कार्य, जिम्मेवारमूलक संस्था भएकाले सबैलाई आत्मसाथ गरी सहयोग गर्न आग्रह गरेका छन् । अध्यक्ष अन्सारीले ‘हाम्रो संस्कृति संरक्षण, हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराकासाथ […]

पूरा पढ्नुहोस्

थप १ सय ९४ जनामा कोरोना पुष्टि, ३ सय ४८ जना निको

पछिल्लो २४ घण्टामा एक सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार तीन सय ९४ जनाको नमुना परीक्षण गर्दा एक सय ९४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ८४ जना कोरोना सङ्क्रमित निको भएका छन् । […]

पूरा पढ्नुहोस्

मतपत्रको चिन्हहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति ओलीको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावकाे मतपत्रको चिह्नहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । आज मङ्गलवार अखिल नेपाल महिला सङ्घले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आँखा कमजाेर हुनेले रुखैरुख देखोस् भनेर हरियो रङ्गको चिह्न राख्न खोजेको हो भने त्यो स्वीकार्य नहुने बताउनुभएकाे […]

पूरा पढ्नुहोस्

एमसीसी देशको हितमा छ, सरकारमा रहेका नेताहरूले नै भ्रम फैलाए : मन्त्री खाण

गृह मन्त्री बालकृष्ण खाणले एमसीसी देशको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिँजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने बताउनुभएको छ । उहाँले एमसीसीबारे जनतामा फैलाइएको भ्रम चिर्न कार्यकर्तालाई आग्रहसमेत गर्नुभएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना गरेको जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा आज मङ्गलवार रुपन्देहीको मणिग्राममा गृह मन्त्री खाणले एमसीसी अनुमोदन गरेकै […]

पूरा पढ्नुहोस्

स्थानीय तह निर्वाचनको तयारी गर्न अध्यक्ष नेपालको निर्देशन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय तहको निर्वाचनको तयारी गर्न निर्देशन दिएका छ । सोमबार बसेको पोलिटब्युरोको प्रथम बैठकमा आफ्नो राजनीति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले राम्रो स्थान हासिल गर्ने बताए । उनले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आफूहरुले राख्दै आएको […]

पूरा पढ्नुहोस्

माओवादी केन्द्रीय समितिमा युवालाई प्राथमिकता

नेकपा माओवादी केन्द्रले पार्टीमा भावी नेतृत्वसमेत तयार पार्ने उद्देश्यले युवालाई प्राथमिकताका साथ केन्द्रीय समितिमा समेटेको छ । काठमाण्डौमा भइरहेको केन्द्रीय समितिको बैठकमा माओवादीले विद्यार्थी सङ्गठनका पूर्वअध्यक्ष तथा सहायक सङ्गठन वाईसीएल नेपालका अध्यक्षलगायत युवालाई केन्द्रीय समितिमा ल्याएको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा युवा, प्रौढ र वृद्ध तीनै उमेर समूहको उचित प्रतिनिधित्व गराउने लक्ष्यका साथ […]

पूरा पढ्नुहोस्

एमाले सरकारले राम्रो गर्दागर्दै हटाए :ओली

कास्की – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरू मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताउनुभएको छ । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार ढलाउन संसारभरका प्रतिक्रियावादीहरू एक भएको भन्दै उनीहरूविरुद्ध प्रतिवाद गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टी निकट मानव अधिकारवादीहरूको सङ्गठन मानव अधिकार एलाइन्सको […]

पूरा पढ्नुहोस्

जसपा संघीय परिषद्को बैठक फागुन २८ गते बस्ने

जनता समाजवादी पार्टी ९जसपा०ले संघीय परिषद्को बैठक फागुन २८ गते बोलाएको छ । काठमाडौंको बानेश्वर ब्याङ्केट, थापागाउँमा बैठक बस्ने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो । बैठकमा स्थानीय तहको निर्वाचन र विधान अधिवेशनमाथि छलफल हुने जसपाले जनाएको छ । पछिल्लो समय जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराई पक्षबीच विवाद चर्किएको थियो । […]

पूरा पढ्नुहोस्

अर्लि इलेक्सनको चर्चा स्थानीय चुनाव सार्ने षड्यन्त्र : सुवास नेम्वाङ

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले स्थानीय तह चुनाव समयमा नगर्ने योजना अनुसार सत्तारुढ गठबन्धनले अर्लि इलेक्सनको चर्चा गरेको टिप्पणी गरेका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले स्थानीय निर्वाचन भत्काउने, सार्ने र गडबड गर्ने उद्देश्यले अर्लि इलेक्सनको चर्चा भएको हुन सक्ने बताए । उहाँहरुको सोझो हिडाइ छैन, उहाँहरु […]

पूरा पढ्नुहोस्

थपिए ६८ संक्रमित, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाचे अनुसार ४ हजार ९ सय २९ जनामा कोरोना परिक्षण गर्दा ६८ जनामा कोरोना पुष्टि भएको हो । त्यतै गत २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ११ हजार ९ सय ४७ जनाको मृत्यु […]

पूरा पढ्नुहोस्