समाचार
स्थानीय तहको चुनाव ६ महिना पछि धकेल्न सकिने मन्त्री श्रेष्ठको भनाई
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको चुनाव ६ महिना पछि धकेल्न सकिने बताउनुभएको छ ।आज बुधवार काठमाण्डौमा एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले तीन चरणमा भएको चुनावबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्ने भएकाले स्थानीय तहको चुनाव महिना पछि धकेल्न सकिने बताउनुभएको हो । जनप्रतिनिधिले आफूहरूले पूरा कार्यकाल चलाउन पाउनुपर्ने […]
पूरा पढ्नुहोस्
वाग्मती प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी
वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्य चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाग्मतीको रिक्त दुई पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका महिलामा गोमादेवी तिमल्सिना र अन्यमा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसमा आबद्ध छन् । तिमल्सिना र पौडेल क्रमशः ४ सय ६३ […]
पूरा पढ्नुहोस्
एकैदिन थपिए १२ हजार ८ संक्रमित
देशभर पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा ९ हजार ४३२ र ७ हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको […]
पूरा पढ्नुहोस्
माघ १५ गतेदेखि ५ दिन विद्यालय खुल्ने
विद्यार्थीहरूलाई कोभिड–१९ कोरोना भाइरस विरुद्धको खोप लगाउन सरकारले माघ १५ गतेदेखि पाँच दिन विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ । पालिका र स्वास्थ्य सस्थासँग समन्वय गरेर खोप लगाइने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो […]
पूरा पढ्नुहोस्
सिटामोल लगायतका औषधि उपलब्ध गराउन सरकारका नाममा सर्वोच्चको आदेश
सर्वोच्च अदालतले पारासिटामोल जस्ता अतिआवश्यक औषधि सहजरूपमा उपलब्ध गराउन सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज मङ्गलवार सरकारका नाममा यस्तो आदेश जारी गरेको हो । आदेशमा अहिले कोभिडको प्रकोप कायम रहेको अवस्थामा त्यसको उपचारका लागि आवश्यक पर्ने अति सामान्य र महत्त्वपूर्ण औषधि सिटामोल र पारासिटामोल देशभरिका अस्पताल तथा औषधि […]
पूरा पढ्नुहोस्
बिद्यार्थी आन्दोलनमा एक्यबद्धता जनाउन नागरिक समाज र अभिभावकलाई ५ विद्यार्थी सङगठनको अपिल
नोबेल मेडिकल र के.एम.सी लगायत मेडिकल कलेजहरुमा चलिरहेको विद्यार्थी आन्दोलनमा नागरिक समाज,अभिभावकहरु लगायतको ऐक्यवद्धताका निम्ति विद्यार्थी संगठनले अपिल गरेको छ। मंगलबार संयुक्त विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा देशभरका मेडिकल विद्यार्थी, अभिभावक,पत्रकार नागरिक समाज लगायतलाई जारी आन्दोलनमा सहभागिता र ऐक्यबद्धताको लागि अपिल गर्दै विज्ञप्ति जारी गरेको हो। नेबिसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु […]
पूरा पढ्नुहोस्
ओमिक्रोनबाट बचाउन खोपको सहज उपलब्धता गराउन आग्रह
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सबै नागरिकका लागि सहज खोप उपलब्ध गराउन सरकासँग आग्रह गर्नुभएको छ । कोभिड–१९ को तेस्रो लहर ओमिक्रोन नियन्त्रणमा आयोगमा आज सरोकारवालासँगको छललफलमा उहाँले खोप कार्डबिना सार्वजनिक स्थलमा प्रवेश गर्न नपाइने व्यवस्थाले सर्वसाधारणको मानव अधिकारको उपभोगमा असर परेको हुँदा सहज खोप उपलब्ध गराउन आग्रह गर्नुभएको हो । अध्यक्ष मगरले […]
पूरा पढ्नुहोस्
२४ घण्टामा नेपालमा थप १० हजार तीन सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार तीन सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २१ हजार दुई सय एक जनाको नमुना परीक्षण गर्दा ४८ दशमलव ६७ प्रतिशत अर्थात् १० हजार तीन सय १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो दुई हप्तादेखि सङ्क्रमण […]
पूरा पढ्नुहोस्
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फिर्ता
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत अभिवादन गर्नुभयो । करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी पार्टीका पूर्वस्थायी समिति सदस्यसमेत रहनुभएका पुन आज नेपाल फिर्ता हुनुभएको हो । हिमालयन एयरलाइन्सको फर्कंदै गरेको कार्गो […]
पूरा पढ्नुहोस्
आफ्नो वक्तव्य व्यक्तिगत रूपमा कसैप्रति लक्षित नभएको मन्त्री यादवको भनाई
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफ्नो वक्तव्य व्यक्तिगत रूपमा कसैप्रति लक्षित नभएको स्पष्ट पार्नुभएको छ । आज सोमवार विज्ञप्ति निकालेर उहाँले नागरिकमा भ्रम पर्न गएकामा दुःख व्यक्त गर्नुभएको छ । यसलाई सामान्य रूपमा लिन अनुरोध गर्दै उहाँले आफू आउँदा दिनमा यसप्रति सचेत रहने बताउनुभएको छ । मन्तव्यलाई लिएर केही भ्रम फैलिएको भन्दै त्यसप्रति दुःख […]
पूरा पढ्नुहोस्



















