समाचार

मुग्लिन–नारायणगढ सडक खुलाउने प्रयास चल्दै, यात्रु दुई रातसम्म सडकमै अलपत्र

अस्ति शुक्रवार बेलुकीदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अझै खुलेको छैन । मुग्लिन नजिकै पर्ने तुईन खोलामा फराकिलो पुल बनाउन पहाड काटेको ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । अस्ति खसेको पहिरो पन्छाउन नभ्याउँदै हिजो बिहान फेरि अर्को ठूलो पहिरो खसेको छ । लगातार पहिरो खसेका कारण सडक खुलाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको […]

पूरा पढ्नुहोस्

कुनै पनि हालतमा राजीनामा नदिने मधेसका मुख्यमन्त्री सिंहको अडान

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कुनै पनि हालतमा पदत्याग नगर्ने बताएका छन् । संविधान दिवसको अवसरमा शुक्रबार मधेस भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले चाहेर वा षड्यन्त्र गरेर राजीनामाका लागि बाध्य बनाउन नसक्ने प्रस्ट पारे । मुख्यमन्त्री सिंहले भने, ‘म संघीयता र संविधानको रक्षा गर्न पदमा अडिग रहेको छु । केही साथीले चाहेका […]

पूरा पढ्नुहोस्

ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ।     ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई जीर्ण आयोजनाहरुको सूची तत्काल तयार गरी पेश गर्न निर्देशन दिए। […]

पूरा पढ्नुहोस्

फागुन २१ का लागि तय भएको चुनाव सफल बनाउन प्रधानमन्त्री कार्कीको अपिल

प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तय भएको चुनाव सफल बनाउन अपिल गर्नुभएको छ । संविधान दिवसको अवसरमा आज काठमाण्डौको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार नागरिकप्रति पूर्ण जवाफदेही रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले निस्पक्षरूपमा चुनाव सम्पन्न गरी ६ महिनाभित्र जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने उल्लेख गर्नुभयो । जेन–जी युवाको नेतृत्वमा भएको […]

पूरा पढ्नुहोस्

कार्कीलाई राष्ट्रपतिको शुभकामना : तपाईं सफल हुनुहोस्, देश सफल होस् !

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारको मुख्य कार्यभार ६ महिना भित्र प्रतिनिधिसभाको अर्को चुनाव गराउनु रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तरनिहीत संवैधानिक अधिकार प्रयोग गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो । साथै नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्न आवश्यक भएकाले संविधानले राष्ट्रपतिलाई सुम्पिएको […]

पूरा पढ्नुहोस्

आज मन्त्रिपरिषद विस्तारको तयारी, शपथ समारोहमा पूर्वप्रधानमन्त्रीमध्ये डा. भट्टराई मात्रै उपस्थित

अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ । मन्त्री बन्ने सम्भावित नामहरुको चर्चा धेरै भए पनि को–को मन्त्री हुँदैछन् भन्ने टुङ्गो लागेको छैन । अहिलेलाई सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै लिनुभएको छ । गएराति राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शीतल निवासमा शपथ ग्रहण गराउँदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो । शपथ […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनावको घोषणा

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय गर्नुभएको छ । गएराति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएकी कार्कीले आफ्नो पहिलो निर्णयमा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्नुभएको थियो । नवनियुक्त प्रधानमन्त्री कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति पौडेलले सदर गर्दै आउँदो फागुन २१ गते बिहीबारका दिन चुनावको मिति घोषणा गर्नुभएको छ । राष्ट्रपतिले गएराति […]

पूरा पढ्नुहोस्

मन्त्रीबारे राष्ट्रपतिले सुशीलालाई भने, ‘तपाईँले चलाउने हो, सल्लाह गरेर ल्याउनुहोस्’

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने भएका छन् । कार्कीलाई आजै राति ९ बजे प्रधानमन्त्री पदको शपथ खुवाउने तयारी भएको छ । शपथको तयारीसँगै कार्की मन्त्रिपरिषद् गठनको तयारीमा जुटेकी छन् । स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई मन्त्रीहरूबारे निर्णय गरेर आउन भनेका छन् । ‘सरकार तपाईँले चलाउने हो, सल्लाह गरेर […]

पूरा पढ्नुहोस्

सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, ९ बजे शपथ

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै नियुक्त गरी शपथ गराउने भएका छन् । राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार कार्कीको शपथ ९ बजे हुनेछ । यसअघि नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो । […]

पूरा पढ्नुहोस्

जेन-जीकाे अडान– संसद विघटन र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित

जेन-जीले संसद विघटन हुनैपर्ने अडान दाेहाेर्‍याएकाे छ। साथै उसले निर्णय प्रक्रियामा आफूहरूकाे सहभागिता सुनिश्चित गरिनुपर्ने बताएकाे छ। जेन-जीहरूको प्रतिनिधि मञ्च ‘हामी नेपाल’ले सामाजिक सञ्जालमार्फत यी दुई सर्तमा आफूहरू दायाँबायाँ नहुने स्पष्ट पारेकाे हाे। उसले भनेकाे छ, ‘हाम्रो अबको प्रमुख एजेन्डा संसदको विघटन र निर्णय प्रक्रियामा जेन-जीको सहभागिता सुनिश्चितता हो।’ जेन-जीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सारेको छ। उनले पनि राष्ट्रपति […]

पूरा पढ्नुहोस्