समाज
कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने
कक्षा १२ ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ । बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार ५२।९१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् । दुई विषयमा एनजी […]
पूरा पढ्नुहोस्
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटेको हो । पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रूपैयाँ घटेको छ । निगमले तय गरेको नयाँ मूल्य विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ […]
पूरा पढ्नुहोस्
देशका धेरै ठाउँमा वर्षा : काठमाण्डौ, चितवन, सिन्धुपाल्चोक, बारा र महोत्तरीमा बाढी
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै चितवनको शक्तिखोरमा १३५ मिलिमिटर, सिन्धुपाल्चोकको मानेखर्कमा १२५ मिलिमिटर, चितवनको नारायणी फिल्ड कार्यालयमा ११५ मिलिमिटर, बाराको रजुवा र सिन्धुलीको हरिहरपुरगढीमा ११३ मिलिमिटर, सर्लाहीको परवानीपुरमा १०६ मिलिमिटर तथा महोत्तरीको कालापानी, काठमाण्डौको धापड्याम र सिन्धुलीको रानीचौरीमा १०४ मिलिमिटर पानी परेको छ । […]
पूरा पढ्नुहोस्
आज साउन १५, खीर खाने दिन
आज खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । चामल, साबुदाना, […]
पूरा पढ्नुहोस्
सिमलताल पहिरो : दुई बस र ३७ यात्रु भेटिएनन्, आजदेखि खोजी रोक्ने तयारी
चितवनको सिमलतालमा त्रिशुलीमा खसेर दुईवटा बस र यात्रु बेपत्ता भएको आज १७ औं दिन पुगेको छ। नेपाली र भारतीय टोलीको निरन्तरको प्रयासका बाबजुद पनि ३७ यात्रुको अवस्था अझै अज्ञात छ। बसमा ६५ यात्रु रहेकोमा तीन जनाले पौडिएर ज्यान जोगाएका थिए। बेपत्ता ६२ जनामध्ये हालसम्म २५ जनाको शव भेटिएको छ। त्यसमध्ये ४ शवको अझै सनाखत […]
पूरा पढ्नुहोस्
विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परीक्षण शुरु, आज राष्ट्रिय झण्डा आधा झुकाइने
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाको शव परीक्षण शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण शुरु भएको हो । अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले हिजो चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम शुरु गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार एक जनाको शव परीक्षण गर्न चार […]
पूरा पढ्नुहोस्
४२ औँ बिपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज ४२औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको हो । उहाँ २०१५ सालको संसदीय चुनावपछि २०१६ साल जेठमा नेपालको पहिलो […]
पूरा पढ्नुहोस्
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्का बेला आफ्नो सक्रियता बढाउन प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुलाई निर्देशन दिएका छन्। भर्चुअल माध्यमबाट आज उनले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई मनसुनजन्य विपद्बाट प्रभावित भएका नागरिकलाई राहत तथा उद्धार गर्न राज्यका तर्फबाट कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिए। गृहमन्त्री […]
पूरा पढ्नुहोस्
पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भाइरस भेटियो
नेपालमा पोलियो मुक्त घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको छ । काठमाण्डौको टुकुचा र बाग्मती नदीको संगम क्षेत्रबाट सङ्कलित ढलको नमुना परीक्षण गर्दा पोलियोको भाइरस भेटिएको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमकाअनुसार नमूना परीक्षण गर्दा पोलियो भाइरस पुष्टि भएको हो । नेपालमा १३ वर्ष यता पोलियो […]
पूरा पढ्नुहोस्
बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदरभन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार न्यून चापीय रेखा दक्षिणतर्फ रहँदा देशभर एकसाथ ठूलो पानी पर्ने सम्भावना कम हुन्छ । गण्डकी, कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा राति हल्कादेखि मध्यम वर्षा छ । बाग्मती तथा […]
पूरा पढ्नुहोस्



















