समाज

नागढुङ्गामा एकतर्फी गाडी सञ्चालन, तनहुँको घाँसीकुवामा पहिरो हटाउन समय लाग्ने

काठमाण्डौ भित्रिने मुख्य नाका नागढुङ्गामा एकतर्फी रुपमा गाडी चलिरहेका छन् । पहिरोका कारण हिजो झण्डै ६ घण्टापछि एकतर्फी रुपमा गाडी सञ्चालनमा आएको हो । पहिरो ठूलो भएकाले पन्छाउन समय लागेको र दुईतर्फी रुपमा खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । काठमाण्डौ जोड्ने अर्को मुख्य सडक खण्ड मुग्लिन–नारायणगढमा भने सामान्य रुपमा गाडी चलिरहेका मुग्लिन प्रहरीले […]

पूरा पढ्नुहोस्

काठमाण्डौ उपत्यकासहित देशभर वर्षा : पर्सा र बारामा बाढीकाे जोखिम

काठमाण्डौ उपत्यकासहित देशभर पानी परेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ सरेकाले देशभर मनसुनी वायु सक्रिय भएर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सात वटै प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै बाराको सिमरा विमानस्थलको जल मापन केन्द्रमा १ सय २८ […]

पूरा पढ्नुहोस्

जनैपूर्णिमा : गाउँघरमा लोपोन्मुख हुँदैछ जनै बनाउने सीप

पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ । युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउनेक्रम हराउँदै गएको बर्दघाट सुस्तापूर्व कावासोती–६ का शालिकराम न्यौपानेले बताए । “अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले पनि जनै बनाउने सीप नहुँदा हिजोआज यो क्रम हराउँदै गएको […]

पूरा पढ्नुहोस्

रक्षाबन्धन गर्न सर्वसाधारणले साइत हेरिरहनु नपर्ने, सत्तामा रहेकाका लागि साढे १ बजेपछि उपयुक्त

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार जुनसुकै समयमा सर्वसाधारणले रक्षाबन्धन गर्नसक्ने प्रतिक्रिया दिएको छ। शासन सत्तामा रहेकाहरूलाई भने दिउँसो साढे १ बजेपछि मात्र रक्षाबन्धन गर्न समितिले सुझाव दिएको छ। समितिले शुक्रबार विज्ञप्ति निकालेर भदौ ३ गते सोमबार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको र त्यसदिन दिउँसो १: ३१ बजेसम्म भद्रा परेको जनाएको छ। यो वर्ष भद्रा […]

पूरा पढ्नुहोस्

सोलुको थामेमा बाढीले एकजना बेपत्ता, २० वटा घरमा पूर्ण क्षति, १ सय ४० जना विस्थापित

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा हिजो दिउँसो अचानक आएको बाढीले एक जना बेपत्ता भएका छन् । २० वटा घर र होटल पूर्ण रुपमा क्षति भएको छ । ३ वटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिकमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो । प्रभावित १ सय ४० जनालाई होटल र आफन्तकहाँ […]

पूरा पढ्नुहोस्

कोशी, मधेश, बागमती र गण्डकीमा ठूलो पानी पर्ने सम्भावना

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सबै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । […]

पूरा पढ्नुहोस्

गोरखा, चितवन, लमजुङ र मोरङमा ठूलो वर्षा : पानी परिरहेकाले मेलम्ची र इन्द्रावती नदी तटीय क्षेत्रमा बाढीको जोखिम

गोरखा, चितवन , लमजुङ र मोरङमा गएराति ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै गोरखाको आरुघाटमा ७५ दशमलव ६ मिलिमिटर वर्षाको मापन भएको छ । यस्तै मोरङको केराबारीमा ७४ दशमलव ८, चितवनको झुवानीमा ७४ दशमलव ६, त्रिशूलीमा ७३ दशमलव २  र लमजुङको कुन्छामा ७० दशमलव २ मिलिमिटर पानी परेको जल तथा मौसम […]

पूरा पढ्नुहोस्

फोनिजले मनायो २५ औ स्थापना दिवस : फोनिजको स्थापनाले आदिवासीका मुद्धामा ठूलो सहयोग

नेपाल आदिवासी जनजाति पत्रका महासंघ (फोनिज) चितवनले संस्थाको २५औँ स्थापना दिवस (रजत जयन्ती) मनाएको छ। भरतपुर–१२ नौरङ्गेस्थित नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको सभाहलमा भव्य कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो। २५ वटा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा ‘आदिवासी जनजाति आन्दोलन र फोनिजको भूमिका’ विषयमा अन्तरक्रियासमेत गरेको थियो। कार्यक्रममा फोनिज चितवनका […]

पूरा पढ्नुहोस्

माओवादी स्थायी कमिटी बैठक सुरु

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा तेस्रो दिनको बैठक सुरु भएको हो । शनिबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिमा पार्टी निर्माण र भावी रणनीतिबारे मौखिक प्रस्ताव राखेका थिए । साथै प्राप्त उपलब्धिको रक्षाका लागि बृहत् वामपन्थीबिच ध्रुवीकरण गरी सदन र सडक सङ्घर्ष गर्नुपर्ने बताएका थिए । […]

पूरा पढ्नुहोस्

देशका धेरै ठाउँमा गएरातिदेखि नै ठूलो वर्षा, भोलिसम्मै पानी पर्ने : सतर्कता अपनाउन आग्रह

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि ठूलो पानी परिरहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सप्तरीको रुपनी बजारमा  १ सय ५९ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै मोरङको हरैचामा १ सय १२ […]

पूरा पढ्नुहोस्